संस्कृत विद्यापीठका प्राध्यापकहरुको विदाइ

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानको एकमात्र संस्कृत विद्यापीठ पिण्डेश्वरले दुई प्राध्यापकहरुलाई विदाइ गरेको छ । उमेरहदको कारण प्राध्यापनबाट निवृत्त भएका प्रा.डा. चन्द्रमणि नेपाल र प्रा.डा.भरतप्रसाद भट्टराईलाई आफ्नो विद्यापीठको ७१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यापीठमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । त्यसै सन्दर्भमा निवृत्त कर्मचारी डम्बरबहादुर तामाङलाई पनि विदाइ गरिएको थियो ।

4

 

 

वार्षिकोत्सवको अवसरमा विद्यापीठमा कार्यरत विशिष्ट सेवा प्रदान गरेका सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न दाता महानुभावहरूबाट स्थापित नगद पुरस्कारहरु प्रदान गरिएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक र खेलकूदतर्फ उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि प्रमुख अतिथिका हातबाट पुरस्कार वितरण गरिएको थियो । यसै क्रममा विद्यापीठद्वारा प्रदान गरिने पिण्डेश्वर श्रीपुरस्कार छात्र घनश्याम भण्डारीलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष सहप्राध्यापक तथा वयोवृद्ध विद्वान् पुरुषोत्तम भट्टराइले पानसमा बत्तीे बाली एवं भगवती सरस्वतीदेवी र संस्थापक प्राचार्य छविलाल पोखरेलको तस्वीरमा माल्यार्पण गरी गरिएको थियो । विद्यार्थीहरुले वैदिक मन्त्रोच्चारणसहित स्वस्तिवाचन गरेका थिए । राष्ट्रियगानका साथ आरम्भ भएको कार्यक्रममा विद्यापीठका कर्मचारी भेषबहादुर निरौलाले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रममा ने.सं.वि. प्राध्यापक संघ पिण्डेश्वर विद्यापीठ एकाइले पनि अवकाशप्राप्त प्राध्यापकहरुको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको थियो ।

नेपाल कै पुरानो र संस्कृत शिक्षाको प्रदेश न. १ कै केन्द्रका रुपमा रहेको पिण्डेश्वर विद्यापीठको ७१ औं वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न गतिविध गर्दै यही मंसिर २७ गते भव्यताका साथ सम्पन्न भएको छ । पिण्डेश्वर विद्यापीठको सभाकक्षमा वार्षिकोत्सव समापन समारोह आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पिण्डेश्वर विद्यापीठ विकास समितिका अध्यक्ष गोविन्द तिम्सिना, भाषाविद् प्रा.डा.टंकप्रसाद न्यौपानेको उपस्थिति थियो भने अतिथिको रूपमा ने.सं.वि. कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष भेषबहादुर निरौला, ने.सं.वि. प्राध्यापक संघका केन्द्रीय सचिव सहप्राध्यापक डा.भवानीशंकर भट्टराई, पूर्वप्राचार्यहरु प्रा.डा.चन्द्रमणि नेपाल र सहप्रा.डा.रमेश घिमिरे, विद्यापीठमा विभिन्न पुरस्कार स्थापना गर्ने दाता तथा परिवारका सदस्यहरूमा श्रीमती निलम भट्टराई, श्रीमती कमला भट्टराई र श्रीमती सरिता दाहाल लगायतको उपस्थिति रहेको थियो ।

1

वार्षिकोत्सवको अवसरमा अनेरास्ववियू पिण्डेश्वर क्याम्पस कमिटिका अध्यक्ष पवन अधिकारी, नेपाल विद्यार्थी संघका अध्यक्ष प्रवेश पौडेल तथा अखिल क्रान्तिकारीका अध्यक्ष कौशल दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विदाइ मन्तव्य व्यक्त गर्दै विद्यापीठका पूर्व प्राचार्य नेपालले प्राध्यापन गर्दा ताकाका आफ्ना अनुभव साझा गर्दै आफूलाई शिक्षा प्रदान गरेको र आफूले शिक्षण गरेको पिण्डेश्वर विद्यापीठका संस्थापक छविलाल पोख्रेललगायतका गुरुहरुको विद्यापीठको भौतिक र शैक्षिक विकासमा प्रेरक योगदान रहेको बताएका थिए । विशिष्ट अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै भाषाविद् प्रा.डा.टंकप्रसाद न्यौपानेले विश्वविद्यालयमा सरासर गुरुले सिकाएइको सिकेर मात्र नभएर प्रश्नोत्तरात्मक शैलीमा अनुसन्धान मूलक रुपमा अध्ययन अध्यापन गर्न आवश्यक रहेको औँल्याए । ने.सं.वि. प्राध्यापक संघ पिण्डेश्वर विद्यापीठ एकाईका सभापति सहप्रा.डा.सागरमणि सुवेदीले विद्यापीठको समारोहमा यहाँका विगत वर्तमान र आगतसहित पाँच पुस्ताको उपस्थिति रहनु सुखद र प्रेरणदायक भएको बताए । प्रा.डा.भरतप्रसाद भट्राईले पिण्डेश्वर विद्यापीठ शैक्षिक केन्द्रका साथसाथै वैदिक सभ्यता र संस्कृतिको केन्द्र बन्न सक्नुपर्नेमा जोड दिएका थिए । ने.सं.वि. प्राध्यापक संघका केन्द्रीय सचिव सहप्रा.डा. भवानीशंकर भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै विश्वविद्यालय र विद्यापीठहरु शैक्षिक र प्राज्ञिक गतिविधिका साथ दीर्घकालसम्म रहन सक्नुपर्ने बताए । शुभकामना मन्तव्यका क्रममा विद्यापीठ विकास समितिका अध्यक्ष गोविन्द तिम्सिनाले सोचे जति प्रगति हुन नसकेको भए पनि विगतभन्दा विद्यापीठले भौतिक र शैक्षिक प्रगति हासिल गरिरहेको उल्लेख गरे ।

6

प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै भट्टराईले विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल हुने शैक्षिक उन्नयनमा लाग्न सुझाव दिई शिक्षाले निस्वार्थ सेवाका लागि प्रेरणा प्रदान गर्ने बताउँदै विद्यापीठको हितमा केन्द्रित रहन जोड दिए । विद्यपीठमा एक वर्षभित्र भएका भौतिक र शैक्षिक प्रगतिविवरण समेटेर विद्यापीठका प्राचार्य तथा कार्यक्रमका सभापति काशीनाथ पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यापीठको विकासमा सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यत्रमको सञ्चालन उपप्रा.डा महानन्द तिमिल्सिनाले र पुरस्कार वितरण गर्ने कार्यक्रमको सञ्चालन उपप्रा.सुमन खतिवडाबाट भएको थियो ।5

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved