समानुपातिकमा नाम परिवर्तन "जिमीको सट्टा कायस्थको नाम सिफारिस"

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ ।

आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको नाम कायम गर्न भनिएको छ । कायस्थ समावेशी समूहभित्र (अल्पसंख्यक)को क्रमसंख्या ८ मा रहेकी छिन् ।

एमालेले समानुपातिकतर्फ कायस्थभन्दा क्रमसंख्यामा मुनि रहेकी जिमीलाई प्रदेशसभा सदस्यको लागि सुची पठाएको थियो तर आयोगले भने जिमीसहित अन्यको पनि नाम सच्याएर पठाउन भन्दै पत्राचार गरेपनि सोमबार एमालेले आफुले पठाएको सुची यथावत रहेको भन्दै जवाफ पठाएको थियो । मंगलबार पुनः आयोगले समानुपातिकतर्फ नाममा त्रुटी भएकोले त्यसलाई सच्याउन केही समय लागने भएकाले मंगलबार निर्वाचन आयोगले पुन दोस्रो पटक पत्राचार गरेपछि मात्रै एमालेले नाम सच्याएर पठाएको थियो ।

आयोगले कायस्थको नाम सच्याउन माग गरेसँगै मधेश प्रदेशमा क्रम संख्या १८ मा रहेकी शिला यादवको सट्टामा समावेशी समूह (अल्पसंख्यक) को क्रम संख्या ८ मा रहेकी राजपतिदेवी जैसवाल, मधेश प्रदेशकै क्रम संख्या ४०मा रहेको नजिमा खातुको सट्टामा समानुपातिक समावेशीतर्फको क्रम संख्या १ मा रहेकी जैनव खातुनको नाम सिफारिस गर्न पत्राचार गरेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved