समानुपातिकमा नाम परिवर्तन "जिमीको सट्टा कायस्थको नाम सिफारिस"

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ ।

आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको नाम कायम गर्न भनिएको छ । कायस्थ समावेशी समूहभित्र (अल्पसंख्यक)को क्रमसंख्या ८ मा रहेकी छिन् ।

एमालेले समानुपातिकतर्फ कायस्थभन्दा क्रमसंख्यामा मुनि रहेकी जिमीलाई प्रदेशसभा सदस्यको लागि सुची पठाएको थियो तर आयोगले भने जिमीसहित अन्यको पनि नाम सच्याएर पठाउन भन्दै पत्राचार गरेपनि सोमबार एमालेले आफुले पठाएको सुची यथावत रहेको भन्दै जवाफ पठाएको थियो । मंगलबार पुनः आयोगले समानुपातिकतर्फ नाममा त्रुटी भएकोले त्यसलाई सच्याउन केही समय लागने भएकाले मंगलबार निर्वाचन आयोगले पुन दोस्रो पटक पत्राचार गरेपछि मात्रै एमालेले नाम सच्याएर पठाएको थियो ।

आयोगले कायस्थको नाम सच्याउन माग गरेसँगै मधेश प्रदेशमा क्रम संख्या १८ मा रहेकी शिला यादवको सट्टामा समावेशी समूह (अल्पसंख्यक) को क्रम संख्या ८ मा रहेकी राजपतिदेवी जैसवाल, मधेश प्रदेशकै क्रम संख्या ४०मा रहेको नजिमा खातुको सट्टामा समानुपातिक समावेशीतर्फको क्रम संख्या १ मा रहेकी जैनव खातुनको नाम सिफारिस गर्न पत्राचार गरेको थियो ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved