धरानका दुई परिवार सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त, ७ जना घाइते

  • साउन ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त हुँदा चालकसहित सात जना घाइते भएका छन्।

बिहीबार  (२०८३ साउन ७) दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो इलाम नगरपालिका–८ बज्रदेवीस्थित उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा धरान उपमहानगरपालिका–१० विशालपथका रिता चेम्जोङ (३६), महेश कुमार राई (७३) र मनकुमार राई (३४) घाइते भएका छन्। महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ भने रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मनकुमार राईको दाहिने पिँडुलामा चोट लागेको छ।

यस्तै झापा कन्काई–९ का नाजु आलम (४०) र गोपाल प्रसाद दुलाल (४७), दमक–७ का रोहिन लावती (२२) तथा पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का चालक रमेश चेम्जोङ (३३) पनि घाइते भएका छन्।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

 

 

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved