विद्यार्थीलाई तीन लाखको सहयोग

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ  / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।
शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।

सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रद्यानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म पढाई हुँदै आएको सो विद्यालयमा १ सय ६९ विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् ।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई डा.शर्माले एकसरो न्यानो कपडा, छ/छ थान कपी र १०/१० वटा कलम प्रदान गरेका हुन् । त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो ।
सांसद शर्माका वुवाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनरुप विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन् ।

शर्मा दम्पतीको बैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो । चुनावी बाचा अनरुप उनले निर्वाचित भएको भोलिपल्टै नोबेल अस्पतालमा ५० शैयाको क्याविन चुनावी क्षेत्रका जनतालाई निःशुल्क प्रयोगका लागि छुट्याइदिएका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved