लकडाउन लब्याउने तयारी, मन्त्रीपरिषदको बैठक आज बस्दै

  • वैशाख २४, २०७७
  • "कोशीपत्र संवाददाता/ धरान "
alt

सीमा जोडिएको छिमेकी देश भारतमा लकडाउनको अवधि लम्ब्याइएकाले नेपालमा पनि लकडाउनले निरन्तरता पाउने भएको छ ।

कोरोनाभाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन फेरि थपिने भएको हो । पछिल्लो पटक वैशाख २५ गतेसम्मको लागि घोषणा गरिएको लकडाउन फेरि थप्न लागिएको हो । आज (बुधबार) बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउ कति दिन थप्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।

अहिले नेपालमा लकडाउन खोल्दा भारतबाट नेपला प्रवेश हुनसक्ने भएकाले पनि लकडाउनको अवधि थप्नुको विकल्प नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए ।

हिजो मंगलबार बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्नुपर्ने सुझाव दिएको छ । अहिलेसम्म सरकारले लिएको नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउन अझै प्रभावकारी रूपमा लागू गर्नु पर्ने सुझाव दिएको थियो ।

आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णय उचित रहेको निष्कर्ष बैठकले निकालेको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved