लकडाउन उल्लंघन गर्दै नेपाल पस्न खोज्दै अज्ञात भारतीय समुह " नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर"

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्बिर

लकडाउन उल्लंघन गर्दै छिमेकी मुलुक भारतबाट मानिस नेपाल तर्फ पस्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सिमा सुरक्षा पोष्टका शसस्त्र प्रहरीले गोली चलाउनु परेको छ ।
झापा गाउँपालिकाको वडा नम्वर ४ को जङे पिलर १ सय ३१ नम्वर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रबाट सिमा पारीबाट अज्ञात भारतीय समुहले हुल हुज्जत गरेको र प्रहरीले गोलि समेत चलाउनु परेको थियो ।
प्रहरीका अनुसार दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ देखि दुई सय गाउँले भेला गरी पुनः सीमा क्षेत्रमा लिएर आएका थिए ।
घरेलु हातहतियार सहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्ट माथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सशस्त्रले हवाई फायर गरेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।
गाउँपालिका अध्यक्ष जयनारायण शाहले घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गर्दै सिमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यस्तो किसिमको गतिविधि निन्दनीय र खेदजनक भएको भन्दै भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पूर्ण नियन्त्रण गर्नको लागि जोड्दार माग गरेका छन् ।
अध्यक्ष शाहले गाउँपालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित व्यवस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारको समेत ध्यान आकर्षण गराएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved