प्रदेश १ डिआईजीको निर्देशन : लकडाउनमा ‘कम्प्रमाईज’ नगर्नु

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर बाबु कार्कीले लकडाउन कार्यान्वयनमा कुनै पनि ‘कम्प्रमाईज’ नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । भर्खरै प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका कार्कीले बुधवार भिडियो कन्फ्रेन्स मार्फत मातहतका प्रहरी कमाण्डरलाई निर्देशन दिँदै लकडाउनमा सशक्त भएर प्रस्तुत हुन निर्देशन दिए ।

सरकारले निर्देशित कानुन भित्र रहेर फिल्डमा खटिएका प्रहरीलाई कसैको प्रेसरमा नआई उच्च मनोबलका साथ काम गर्न भनेका छन् । लकडाउन कार्यान्वयन गर्दा प्रहरीलाई आइपर्ने अनावश्यक ‘सोर्सफोर्स’ को पछि नलागी डिउटी गर्न स्पष्ट पारे ।

‘सवारी साधन वा मान्छे छुटाउनको लागि ‘कसैको’ पनि दबाब र प्रभावमा नपर्नुहोला’ उनले निर्देशन दिँदै भने ‘प्रहरीले गरेको कडाइ जनताकै हितको लागि हो भनेर सम्झाउनु होस’ । भिडियो कन्फ्रेन्सपछि एक प्रहरी अधिकृतले विश्वभर महामारीको रूपमा देखिएको कोरोना भाइरसको नियन्त्रणमा अन्य प्रदेश भन्दा प्रदेश १ मा प्रहरी गम्भीर भएर लाग्नु पर्ने डिआइजी साँपको धारणा रहेको अपराध न्युजलाई जानकारी दिए ।

उदयपुरको घटनापछि १ नम्बर प्रदेशमा कोरोना सङ्क्रमण अझ फैलिन नदिन ‘फ्रन्टलाईन’ मा खटिएका प्रहरीलाई सचेत एवम् कठोर भएर प्रस्तुत हुन निर्देशन दिएको ती प्रहरी अधिकृतको भनाई छ ।

स्वास्थ्य उपकरण बिना फिल्डमा खटिएका प्रहरीको जोखिम कम गर्न सीमित स्रोत साधनको उच्चतम प्रयोग गर्न पनि जिल्लाका प्रहरी कमाण्डरलाई निर्देशन दिइएको छ । साथै गाउँ घरमा महामारी रोगका बारेमा जनचेतना बढाउन पनि कार्कीले कन्फ्रेन्स मार्फत निर्देशन दिए ।

लकडाउन लम्बिँदै गएको अवस्थामा आइपर्ने अपराधका चुनौतीसँग सामान गर्न जिल्लागत कार्य योजना बनाइ तयारी अवस्थामा रहन पनि भनिएको छ ।

डिआइजी कार्कीले महामारीको विषम परिस्थितिमा बजारमा कालोबजारी र कृत्रिम अभाव गर्नेलाई कानुनी दायरामा ल्याउन समेत निर्देशन दिए ।

यस्तै सीमावर्ती क्षेत्रहरूबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सीमावर्ती क्षेत्रहरूमा विशेष ध्यान दिई काम गर्न र क्वारेन्टाइन स्थलहरूमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ ।

 

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved