लकडाउनमा मोरङमा तीन हजार सवारी कारवाहीमा

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 । लकडाउन अवधिमा पासबिना संचालनमा आएका र सरकारी नियम नमान्ने सवारी कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले यो अवधिमा जम्मा ३ हजार ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरका चालकले लकडाउन उलंघन गरेका छन् । यसको संख्या १ हजार ९ सय २६ रहेको छ । त्यसपछि प्रहरीले ९ सय ६१ साईकल नियन्त्रणमा लिएको छ ।

डिएसपी राईले यो अवधिमा लकडाउन उलंघन गर्न नदिन प्रहरीले निगरानी र कार्वाहीलाई तिव्रता दिएको बताएका छन् । प्रहरी कारवाहीमा १० अटोटेम्पो, ७६ टिफर र २९ कारजिपलाई नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अब १ सय ११ सवारी साधन छाड्न बाँकी रहेको जनाएको छ । यो अवधिमा जम्मा १ हजार ९० जना मानिसलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । तीसबैलाई लकडाउन पालना गराउन सचेत गराई छाडिएको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved