झापा/ तिहारको भाइटिकाको अवसरमा झापाको मेचिनगर–१२ स्थित नयाँ बस्ती युवा परिवारले परम्परागत सामूहिक देउसी नाच कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका सञ्चालक राजकुमार कार्कीका अनुसार यस वर्षको देउसी नाचबाट एक लाख पाँच हजार दुई सय साठी रुपैयाँ संकलन भएको छ। समाजले संकलित रकम समुदायलाई आवश्यक पर्ने क्षेत्रमा सहयोगका लागि प्रयोग गर्ने जनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कैलास कार्कीले गर्नुभएको थियो। कार्यक्रममा यस वर्ष मेचिनगर–१० बाट आएको उराँव नाचले विशेष आकर्षण पाएको थियो। साथै साकेला नाच, मारुनी नाच र मौलिक देउसी गीत–सङ्गीतमा प्रस्तुत नृत्यहरूले उपस्
मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्। अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ। गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्यो भन्ने विषयमा गम्भीर रूप
धरान/ धरान–१७ सचेत नागरिक समूहले यसपटक तिहारमा सांस्कृतिक देउसी खेलेर रकम सङ्कलन गर्ने भएको छ । देउसी कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम जेन–जी आन्दोलन क्रममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने समूहले जनाएको छ । समूहले आइतबार पत्रकार सम्मेलनमार्पmत् यसबारे जानकारी दिएको हो । समूहले यही कात्तिक ५ गते रेल्वेचोकमा सांस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने भएको छ । देउसीबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.१९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिने समूहका संयोजक दयाराम थापाले जनाए । समूहले २०८१ मा पनि बाढीपीडितहर
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा - ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिता दुई चरणमा सम्पन्न भएको सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो। समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दि
सुनसरी/ चाडपर्वलाई लक्षित गर्दै प्रहरीले धरानमा विशेष सुरक्षा सतर्कता अपनाएको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानले शनिबार विशेष ‘डग स्निफिङ’ (कुकुरद्वारा स्क्यानिङ) सहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरेको हो। धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी लोकमार्ग क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकिङमा दुईवटा तालिमप्राप्त कुकुर (डग) सहित २० जनाको संयुक्त टोली परिचालन गरिएको थियो। उक्त टोलीमा इलाका प्रहरी कार्यालय धरान, ट्राफिक प्रहरी र केनाइन शाखा धरानका सुरक्षाकर्मीहरू सहभागी थिए। प्रहरीका अनुसार चाडपर्
धरान/ धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुर क्षेत्र धार्मिक पर्यटन गन्तव्यको रूपमा परिचित छ । पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, भीमसेन, शनि, पाथीभरा लगायतका मन्दिरहरू रहेको यो क्षेत्र वर्षभरि हजारौँ भक्तजनले दर्शन गर्ने केन्द्र बनेको छ । तर, धार्मिक सम्भावनाले भरिपूर्ण यस ठाउँलाई विकास गर्ने लक्ष्य सार्वजनिक गरे पनि स्थानीय सरकारले सरसफाइ र फोहोर व्यवस्थापनजस्ता आधारभूत कुरामा समेत आवश्यक ध्यान नदिएको आरोप स्थानीयवासीले लगाएका छन् । विजयपुरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समेटे पनि व्यवहारमा भने पहल कमजोर देखिएको छ । स्
धरान/सुनसरी र झापाका दुई ठाउँमा फालिएका नवजात शिशुहरू जीवितै फेला परेका छन् । समयमै उद्धार भएपछि दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–८, शर्मा टोलमा शनिबार राति करिब ९ बजे एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा स्थानीय विजय कुमार खत्वेले फेला पारेका थिए । खत्वेले बच्चा रोएको आवाज सुनेर नजिक पुगेका थिए । घटनास्थलमा पुग्नेबित्तिकै उनले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारीलाई जानकारी गराए । समाचार पाउँदासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली स्थानीयको सहयोगमा पुगेको थियो । टोलीले शि
धरान/कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। हिन्दू संस्कृतिअनुसार कागलाई यमराजका दूत मानिन्छ । मानिसका शुभ–अशुभ समाचार सुनाउने सन्देशवाहकका रूपमा चिनिने कागलाई आजको दिन बिहानैदेखि घरघरमा भात, दाल, मिठाई, रोटी, मासु लगायत मीठा–मीठा परिकार चढाएर पूजा गर्ने परम्परा रहेको छ। विश्वास गरिन्छ, कागलाई प्रसन्न राखे यमराज पनि प्रसन्न हुन्छन् । यसैले आजको दिनलाई घरमा अशुभ नआओस् र परिवारमा सुख–शान्ति रहोस् भन्ने कामनासहित कागलाई भोजन चढाइन्छ। काग तिहारलाई तिहार पर्वको पहिलो दिनको रूपमा पनि चिनिन्छ । यसपछि क्रमशः कुकुर तिहार, गाईपूज
पथरी/पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो । उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्च
झापा/झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी बेवारिसे नवजात शिशु जीवितै फेला परेकी छन्। स्थानीय ओमप्रकाश तुमीहाङ लिम्बुले शनिबार बिहान घरको बरन्डामा शिशु रोइरहेको आवाज सुनेपछि हेर्दा जीवितै नवजात शिशु देखे र तुरुन्तै इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराए। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा शिशुलाई उद्धार गरी तत्काल प्रदेशीय अस्पताल भद्रपुर पठाएको थियो। अस्पतालका चिकित्सकका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उद्धार गरिएको शिशु अस्पतालको संरक्षणमा रहेको छ भने, कसले शिशुलाई