चतराको औलिया बाबा साकोसको १६औँ साधारणसभा सम्पन्न सेयर पुँजी ७४ लाख ३७ हजार ८ सय, बचत संकलन ४ करोड ४६ लाख नाघ्यो

  • पुस १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चतराले आफ्नो १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ।

२०६६ सालमा वराहक्षेत्र–२ चतरा वयरवनमा स्थापना भएको सहकारीले शनिबार सेयर सदस्य, बचतकर्ता तथा सरोकारवालाको उल्लेख्य उपस्थितिमा साधारणसभा आयोजना गरेको हो।

सभामा संस्थाका अध्यक्ष रमेशकुमार बिष्टले सहकारीको वार्षिक प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा समितिको सुझावसहितको आर्थिक प्रतिवेदन भने संस्थाकी व्यवस्थापक रुक्मिणा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्।

चालु आर्थिक वर्षमा सहकारीले १ करोड ७६ लाख ४४ हजार ४ सय १ रुपैयाँ १५ पैसा निक्षेप संकलन गरेको अध्यक्ष बिष्टले जानकारी दिए। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा सहकारीको कुल बचत संकलन ४ करोड ४६ लाख १८ हजार ४५ रुपैयाँ १ पैसा पुगेको छ। हाल संस्थाको सेयर पुँजी ७४ लाख ३७ हजार ८ सय रुपैयाँ रहेको पनि उनले बताए।

भावी योजनाअन्तर्गत सहकारी शिक्षालाई समयसापेक्ष बनाउने, परिवर्तित ऐन–नियमबारे सदस्यलाई जानकारी गराउने, उद्घोषण तथा वादविवाद प्रतियोगिता, स्वास्थ्य शिविरलगायत सामाजिक क्रियाकलाप सञ्चालन गर्ने अध्यक्ष बिष्टले उल्लेख गरे।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा व्यवस्थापक श्रेष्ठले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

लेखा समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सहकारीको कुल कारोबार २ करोड ८२ लाख १० हजार २ सय ८३ रुपैयाँ ६३ पैसा रहेको जानकारी दिइयो।

शनिबार चतरा वयरवनस्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा वराहक्षेत्र नगरपालिका–२ का वडा अध्यक्ष होमप्रसाद गौतमले साधारणसभाको औपचारिक उद्घाटन गरेका थिए।

सहकारीले प्लस टु वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका सन्तान सुगम गिरि र उपसना बिष्टलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।

त्यसैगरी, असल कारोबार गर्ने महिलातर्फ अस्तमाया राई र पुरुषतर्फ देवचन्द्र राई, साथै असल बचतकर्तातर्फ पुरुष छत्रबहादुर बिष्ट र महिलातर्फ सावित्री श्रेष्ठलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष दिपेशजंग बस्नेत (सोमराज)ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved