मोरङ पुस्तक व्यवसायी महासङ्घको नेतृत्व घिमिरेलाई

  • पुस १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ मोरङको नेतृत्व दुर्गा प्रसाद घिमिरेलाई सुम्पिएको छ।

शनिबार सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा दशौँ जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्ष चयन गरेको हो।

अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा शुसिल घिमिरे र नरेश माझी चयन भएका छन्। सचिवमा माधव प्रसाद बराल, सह–सचिवमा विक्की मित्तल तथा कोषाध्यक्षमा प्रमोद बिश्वास चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास गोयल, शैलेन्द्र घिमिरे, मुकेशप्रसाद दुलाल, भूपराज निरौला, योगेन्द्र संग्रौला, मित्रप्रसाद अधिकारी, रुपेश झा र नवराज भट्टराई चयन भएका छन्।

वार्षिक साधारणसभा तथा अधिवेशनका वक्ताहरूले संगठनात्मक सुदृढीकरण, व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गरिने बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका सिवाकोटीले प्रविधिको तीव्र विकाससँगै पठन संस्कृतिमा गिरावट आएको उल्लेख गरे। उनले पठन संस्कृतिको संरक्षणका लागि राज्य, शैक्षिक संस्था र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको बताए।

महासङ्घ मोरङका अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, महासङ्घका पूर्व केन्द्रीय महासचिव रामदेव पाण्डे, शिक्षा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल, महासङ्घ झापाका अध्यक्ष विनोद सापकोटा, जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापा, विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख राम ढुंगेल तथा विराटनगर प्याप्सनका अध्यक्ष अर्जुन श्रेष्ठले पठन संस्कृतिको विकासमा पुस्तक व्यवसायीले पु¥याएको योगदानको प्रशंसा गरे।

कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापाले केन्द्रमा हाल ७५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको जानकारी गराउँदै निजी प्रकाशनबाट छाप्न नपाइएका पाठ्यपुस्तक तथा सामग्री व्यवसायीले केन्द्रबाटै खरिद गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए।

अधिवेशनका अवसरमा पुस्तक तथा स्टेसनरी व्यवसायमा योगदान पुर्‍याएका मिलन लम्साल, चुडामणि घिमिरे र ओमप्रकाश उप्रेतीलाई सम्मान गरिएको थियो।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved