धरानमा सीजी मोटर्सको ईभी चारपांग्रे शोरुम र चार्जिङ स्टेशन सुरु

  • पुस ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीकाे धरान–८ साम्पाङ चोकमा सीजी मोटर्सको आधिकारिक विक्रेता कार्यविनायक ट्रेडिङले ईभी चारपांग्रे शोरुम र चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

 नेपालमा लोडसेडिङ हटेपछि विद्युतीय सवारी साधनप्रति मानिसको चासो बढ्दै गएको छ।

नयाँ शोरुममा यात्रु र कमर्सियल दुवै प्रयोजनका विद्युतीय गाडीहरू उपलब्ध छन्।

ग्राहकले यहाँ गाडी हेर्नु, आवश्यक जानकारी लिनु, परामर्श पाउनुका साथै चार्जिङ सेवा पनि लिन सक्नेछन्।

शोरुम उद्घाटन सीजी ग्रुपका असिस्टेन्ट म्यानेजर विजय थापा, डेपुटी म्यानेजर शिशिर सुवेदी, सिनियर म्यानेजर प्रतिमा अधिकारी तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी, स्थानीय व्यापारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। 

शोरुम सञ्चालक साहिल श्रेष्ठका अनुसार धरान र वरपरका क्षेत्रमा ईभी प्रयोगकर्ताको संख्या बढिरहेकाले सेवा सहज बनाउने उद्देश्यले शोरुमसँगै चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो। “अब धरानमै बसेर विश्वसनीय विद्युतीय गाडी र सेवा पाउन सकिन्छ,” उनले बताए।

उद्घाटन अवसरमा कमर्सियल चारपांग्रे विद्युतीय गाडीहरूको विशेष प्रदर्शनीसमेत गरिएको थियो। सहभागीहरूले विभिन्न सिट क्षमताका गाडी, मोडल, प्रयोग, खर्च र चार्जिङ सम्बन्धी जानकारी प्रत्यक्ष रूपमा लिएका थिए।

कार्यविनायक ट्रेडिङले धरानलाई केन्द्र बनाएर पूर्वी नेपालमा विद्युतीय सवारीको पहुँच विस्तार गर्दै जाने जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved