स्थानीय

    Showing 4,941-4,950 of 4,962 items.
  • जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

    धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,560 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरी तथा गर्भवती महिलालाई नगर प्रमुखद्वारा राहत वितरण

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।   वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसमा अनलाइनबाटै पठनपाठन

     धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,217 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास र सचेतना प्रदान

    धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो ।       धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्य

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेसबुक पेजमा परीक्षाफल प्रकाशित गर्दै विद्यालय

    सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानलाई संक्रमण भित्रिने संवेदनशील क्षेत्र घोषणा गर्ने तयारी

    धरान । कोरोना संक्रमितको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भएकाले धरानलाई पनि सरकारले रेड जोनमा राखेको छ । सरकारले गरेको वर्गिकरण अनुसार संक्रमण भित्रिने संवेदनशिल क्षेत्रको रुपमा धरान तथा सुनसरीलाई नै घोषणा गर्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पताल संचालन हुने धरान र नेपाल भारत सिमाना जोडिएकाले सुनसरी जिल्लालाई नै रेडजोन घोषणा गरिने तयारी रहेको छ । नेपालका ७७ जिल्लाहरु लाई ४ क्षेत्रमा वर्गिकरण गरी सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो ग

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन १५ दिन थप गर्ने सरकारको तयारी

    काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गए पछि सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो । नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो समय भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा बन्द भएका धरानका सडक निर्माणको काम सुचारु

    धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ । धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ । संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो । जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा तेस्रो चरणको राहत बाड्ने तयारी, राहतमा प्रदेश सरकारको सम्बोधन भएन

    धरान । गत वैशाख ३ गते धरान उपमहानगरपालिकाले दोस्रो चरणको राहतका लागि ३ करोड रुपैयाको माग गर्दै प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर तेस्रो चरणको राहत वितरणको तयारी भइरहँदा पनि माग प्रति प्रदेश सरकारको सम्बोधन हुन सकेको छैन् । राहतको माग सहित प्रतिवेदन बुझाएको करिब ३ साता पुग्न लाग्दा पनि प्रदेश सरकारको सम्बोधन हुन नसकेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गुनासो गरे । उनले भने, ‘लिखित प्रतिवेदन पनि बुझाएको थियो, माग पनि बुझाएका थियौं, त्यसको सम्बोधन हुन सकेको छैन् ।’ त्यही पर्खेर बस्दा ढिलो हुँने भए पछि धरान उपमहानगरपालिकाले नै राहत वितरणको तयारी गरेको उनको भनाई छ । ध

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 573 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved