फुटसलको लोकप्रियता बढ्दै

  • मंसिर २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।
शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् ।
धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् ।

फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने धरान फुटबल क्लबका पूर्व खेलाडी सागर घिमिरे बताउछन् । उनी भन्छन्, ‘सानो ठाउँमा खेल्न सकिने भएकोले पनि फुटसलमा युवा पुस्ता आकर्षित बनेका हुन् ।’

त्यसो त सेवा निवृत्त भएर बसेका पुस्ता समेत यसतर्फ आकर्षित हुने गरेका छन् । युवा पुस्तालाई व्यवसायिक बनाउदै सकारात्मक सोच प्रवाह गर्ने एकातिर रहेको छ भने अर्कातर्फ रिटायर्ड जीवन विताएकाहरुलाई समेत स्वस्थ जीवन विताउन सहयोग पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई बताउँछन् । उनी भन्छन्, ‘युवा पुस्तामात्र हैन कुनै पनि कार्यालयमा काम गरेर रिटायर्ड भएकाहरुको समेत आकर्षक स्थल फुटसल बनेको छ, स्वस्थ्य रहन पनि फुटसल खेलले सहयोग पु¥याएकोले फुटसलमा आकर्षक बढेको हुनुपर्छ ।’

धरानमा बढ्दो दुव्र्यसनीलाई खेलकुदको माध्यमबाट न्यूनिकरण गर्न फुटसलले सहयोग पु¥याउने युवा पुस्ताहरु बताउँछन् । धरान १७ का विकास राईले कुलतमा फुसेर पुनस्र्थापित भएका युवाहरुलाई सकारात्मक सोच दिने काम फुटसलले गरेको बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट दुव्र्यसनी न्यूनिकरणमा ठूलो सहयोग पुगेको छ, यसमा फुटसलले सहयोग पु¥याएको छ ।’

धरानमा खुलेका फुटसल व्यवसायीहरु समेत सन्तुष्ट छन् । उनीहरुले समेत मनग्गे आम्दानीको स्रोत बनाएका छन् । दैनिक ५ देखि ६ टिम फुटसल खेल्न आउने गरेको विग फुटसलका सञ्चालक योगेन राई बताउँछन । उनले भने, ‘फुटबलले सर्वसाधारणलाई स्वास्थ्य रहन मद्दत मात्र गरेको छैन व्यवसायिक बन्न समेत ठूलो सहयोग पु¥याएको छ ।’

फुटबल प्रतियोगितामा एक टिमबाट ११ जना सहभागी भएपनि फुटसलमा भने एक टिममा ५ जनाको सहभागिता रहन्छ । बढ्दो सहरीकरणसंगै खुल्ला स्थान मासिदै गएपछि सानो ठाउँमा समेत खेल्न सकिने फुटसलप्रति सबै वर्गका सर्वसाधारण आकर्षित भएको उनीहरुको बुझाई छ । यसैको कारण हुन सक्छ पछिल्लो समय फुटसल खोल्ने क्रममा पनि निरन्तर बढिरहेको छ ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved