वीपीमा सिटिस्क्यान सुचारु : बिरामीलाई राहत

  • पुस २, २०७८
  • "गोविन्द वस्नेत"
alt

धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ सिटिस्क्यान सञ्चालनमा आएपछि विरामीहरुले राहतको महशुष गर्न थालेका छन् ।
बीस बर्ष भन्दा अघिको सिटिस्क्यान समय समयमा विग्रदा विरामीले अनावश्यक झन्झट र सास्ती भोग्नु परेको थियो । तर मंगलबारदेखि प्रतिठानले २ सय ५६ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएपछि विरामीहरुले राहत महशुष गरेका छन् ।

तेह्रथुम लालीगुरासका दिपक पौडेलले आमालाई पेटको समस्या भएर प्रतिष्ठानको मेडिसिन विभागमा भर्ना गरेको एक हप्ता पुगेको छ । एक हप्ताको अवधिमा करिब तीन चारपटक प्रतिष्ठानका चिकित्सलेले सिटिस्क्यान गर्न लगाए । तर प्रतिष्ठानमा सिटिस्क्यान विग्रिएको भन्दै सिटिस्क्यान नभएपछि हरेक पटक धरानको विजयपुर अस्पताल पुग्नुपरेको थियो । मंगलबारदेखि भने बीपीभित्रै सिटिक्यान भएपछि भने ठूलो राहतको महसुस भएको उनी बताउँछन् । दिपक भन्छन्, ‘बाहिर सिटिक्यान गर्दा समयको बर्बाद, समयमै रिपोर्ट देखाउन नपाउँदा उपचारमा ढिलाई जस्ता समस्या भएको थियो, तर प्रतिष्ठानबाट सिटिस्क्यान सुचारु भएपछि भने आफूलाई सहज भएको छ ।’

श्रीमानलाई टाउकोको समस्या भएर प्रतिष्ठानमा उपचार गराउन आएकी संखुवासभाकी विमला गुरुङलले पनि सिटिस्क्यान गर्न धेरै हण्डर खानुपरेको सुनाउँछिन् । विरामीको अवस्था गम्भीर भएका कारण विजयपुर अस्पतालसम्म पु¥याउन समस्या हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यहा सिटिस्क्यान नहुँदा विजयपुर अस्पतालमा लादा धेरै समस्या भएको छ, तर विहीबार देखि सिटिस्क्यान प्रतिष्ठान भित्र्रै भएपछि हामीले धेरै ठूलो राहत महसुस गरेका छौं ।’

अहिले प्रतिष्ठानमा उपचारमा आएका विरामी तथा विरामीका आफन्तले लामो समयपछि प्रतिष्ठानबाटै सिटिस्क्यान गराउन पाउँदा राहतको महसुस गरेका छन् । उनीहरुले विगतमा भएको जस्तो जटिल अवस्था नआओस् दीर्घकालीन रुपमा यो सिटिस्क्यान सञ्चालनमा ल्याउन प्रतिष्ठान प्रशासनमा अनुरोध समेत गरेका छन् ।

प्रतिष्ठान प्रशासनले भने बीपीमा भएको असुविधालाई विस्तारै सुधार गर्दै लाने बताएको छ । प्रतिष्ठानका सहायक अस्पताल उप–निर्देशक डा. विकास साहले लामो समयको प्रयासपछि अत्याधुनिक ‘२५६ स्लाइस’ सिटिस्क्यान मेसिन प्रतिष्ठानमा सञ्चालन गर्न सकेको बताए । उनले काठमाण्डौपछि सुविधासम्पन्न अत्याधुनिक सिटिस्क्यान बीपीमा जडान गरिएको बताए । उनल भने, ‘हामीले प्रतिष्ठानमा भएका असुविधालाई मध्यनजर गरी क्रमिक रुपमा सुधार गर्ने योजनामा लागिसकेका छा्रै, विरामीले अनावश्यक रुपमा झन्झट व्यहोर्नु नपरोस् भनेर अनलाईनमार्फत विल काट्ने सुविधा शुरु गरिसकेका छौं, यो प्रभावकारी पनि बन्दै गएको छ, अहिले सुविधा स्म्पन्न सिटिस्क्यान हामीले सञ्चालनमा ल्याएका छौं, यसले सर्वसाधारणले धेरै राहत भएको महसुस गरेको हामीले पाएका छौ ।’

उनले दैनिक ६० जना विरामीको सिटिस्क्यान गर्ने लक्ष्य लिएको बताउदै शुरु भएको चार दिनमा विरामीले धेरै सुविधा पाएको बताए । उनले भने, ‘अहिलेको सिटिस्क्यान मेसिनले ५ सेकेन्डमा एक जना विरामीको टाउकोको सिटिस्क्यान गर्न सक्छ, यसले गर्दा सिटिस्क्याबाट हुने ‘रेडिएसन्’ को जोखिम कम भएर गएको छ, विरामीले चाडो सेवा लिन पाएका छन् भने जोखिम पनि कम भएर गएको छ ।’
उनले नया मेसिन प्रभावकारी रुपमा सञ्चालन गर्न रेडियोलोजी विभागका कर्मचारीहरुलाई तालिम दिँदै आएको बताए । उनले भने, ‘भारतका विज्ञ रेडियोलोजिष्टलाई हामीले यो सिटिस्क्यान सञ्चालन गर्न ५ बर्षको सम्झौता गरेका छौं, उहाले यहाका रेडियोलोजिष्टलाई प्रशिक्षण दिदै आउनु भएको छ ।’

प्रतिष्ठानमा अत्यावश्यक उपकरण विग्रिएर थन्किदा ल्याव टेष्ट गर्नुपर्दा विराटनगर तथा धरानकै नीजि अस्पतालबाट गर्नुपर्ने अवस्था रहेको छ । दुई बर्षदेखि एमआरआइ मेसिन विग्रिएर थन्किदा एमआरआई गर्न विराटनगरका विभिन्न अस्पताल पुग्नुपर्ने बाध्यता छ । सिटिस्क्यानसँगै अब एमआरआइ मेसिन पनि चाँडो व्यवस्थापन गर्न प्रतिष्ठान प्रक्रियामा गएको र चाडो समाधान हुने सहायक अस्पताल उप–निर्देशक डा. साहको भनाई छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved