आन्दोलनको विकल्प खोज्न आग्रह

  • पुस १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनको स्वरुप परिवर्तन गर्न प्रतिष्ठान भित्रैबाट आग्रह गरिएको छ ।
शिक्षक कल्याण समाज तथा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सर्वोच्च अदालतको अन्तरिम आदेश, प्रतिष्ठानका अन्य सम्बद्ध पक्षको भावना तथा सरोकारवाला पक्षको चासोलाई सम्मान गर्दै आन्दोलनलाई वैकल्पीक माध्यमबाट अगाडी बढाउन आग्रह गरेका छन् ।

शिक्षक कल्याण समाज संयोजक प्राडा विएन यादब तथा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. अरुणकुुमार सिंह र महासचिव डा आरती शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा छलफल र बार्ताबाट समस्याको समाधान खोज्न प्रतिष्ठान र आन्दोलनरत पक्षलाई आग्रह गरिएको छ । विगत छ महिना देखि प्रतिष्ठानमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुुद्धीकरण अभियानको आन्दोलन चलिरहेको छ ।

आन्दोलनलाई धरानका राजनैतिक दल,नागरिक समाज तथा सरोकारवालाले समर्थन गरेका छन् । पछिल्लो समय सरकारले पनि आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै गएको र लामो समय आन्दोलन भएका कारण परिस्थति फरक बन्दै गएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न सुुझावहरु व्यक्त हुुन थालेका छन् ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved