क्याम्पसको जग्गा संरक्षण गर्न जनसमुदायलाई आग्रह

  • पुस २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् ।

साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्जामा मोहीका रूपमा डम्बरबहादुर घिमिरेको नाम उल्लेख भए पनि क्याम्पसले जग्गा खरिद गर्नुअगि नै मोहीले भोगचलन गर्न छाडी साविक जग्गाधनीकै जोतभोग रहेको र त्यसपछि अहिलेसम्म क्याम्पसले सो जग्गामा विभिन्न संरचनाहरू निर्माण गरेको अपीलमा उल्लेख छ ।

यसरी पुर्जामा मात्र मोही उल्लेख भएका डम्बरका छोरा यज्ञप्रसाद घिमिरेका नाममा मोहियानी हक नामसारी गर्ने सुनसरी भूमिसुधार तथा मालपोत कार्यालयको निर्णय गलत भएको पनि अपीलमा जनाइएको छ । अपीलमा भूमिसुधारको सो निर्णय बदनियतपूर्ण र प्रचलित नेपाल कानुनको विरुद्ध भएको तथा अनुचित प्रलोभनमा परी निर्णय गरिएको आरोप लगाइएको छ । अपीलमा भनिएको छ– ‘सार्वजनिक जग्गालाई भू–माफियाको चङ्गुलमा पारी षड्यन्त्रपूर्ण तवरबाट हडप्न खोज्ने जो कोहीलाई यस क्षेत्रका जनताले उचित कानुनी र सामाजिक दायराभित्र ल्याई सार्वजनिक जग्गा हडप्ने भू–माफियाहरूको प्रयासलाई निस्तेज पार्ने नै छन् भन्ने विश्वाससमेत लिएका छौँ ।’

भू–माफियालाई समेत सचेत भई आप्mना कार्य तत्काल रोक्न आह्वान गर्दै अपीलमा उपमहानगरपालिकाबाट गरिएको मोही लगतकट्टा गर्ने सिफारिस र स्थानीय भद्रभलाद्मीको रोहवरमा गरिएको सर्जमिनलाई समेत आधार बनाई क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न जनसमुदायलाई पनि आह्वान गरिएको छ ।

अपील जारी गर्नेहरूमा त्रिवि प्राध्यापक सङ्घका इकाइ सभापति कमलप्रसाद दाहाल, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका इकाइ सचिव सुभाषचन्द्र न्यौपाने, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका इकाइ सभापति गङ्गाप्रसाद चौलागार्इं, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका प्रतिनिधि बालजीत राई र त्रिवि कर्मचारी सङ्घका इकाइ सभापति डोलबहादुर बानियाँ छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved