विष्णु मेमोरियलका आशिष बने नेपाल प्रथम

  • मंसिर २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान ९ मा रहेको विषणु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका अशिष कार्की नेपाल प्रथम बनेका छन् । उनले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपाल प्रथम बनेका हुन् ।

विद्यालयका माध्यमिक तहका कोअर्डिनेटर नविन शाक्यका अनुसार उनले १५४० प्राप्ताङ्कका प्राप्त गर्दै प्रथम भएका हुन्। शिक्षा क्षेत्रमा निकै अब्बल चिनारी बनाइरको यस विद्यालयले हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालका अनुसार जम्मा १ सय ६८ परीक्षार्थी सहभागी भएको परीक्षामा २१ जना ‘ए’ प्लस, ११२ जना ‘ए’, ३४ जना ‘बि’ र १ जना विद्यार्थी ‘सी’ प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका छन् ।

धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ । हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणमा देशभरका स्कुलमध्ये विष्णु टप २० सम्ममा पर्दै आएको छ । ‘यी सबै उत्कृष्ट नतिजाको श्रेय मेहनती शिक्षक, अभिभावकहरुमा जान्छ’, प्रिन्सिपल कटुवालले भने ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved