वीपी प्रतिष्ठानमा अत्याधुुनिक सिटिस्क्यान मेसिन सुुचारु : थप सेवालाई छिटो र ब्यबस्थित बनाईने

  • पुस १, २०७८
  • "काेशीपत्र संवाददाता"
alt

धरान । निकै लामो कसरतपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । पुुरानो सिटिस्क्यान मेसिन विग्रिएका कारण प्रतिष्ठानले नयाँ सिटिस्क्यान मेसिन खरीद गरेको थियो ।

मेसिन खरिद गरेरपनि सञ्चालनमा नल्याएको भन्दै प्रतिष्ठान पदाधिकारीको चर्को आलोचना हुुदै आएको थियो भने विरामीले सास्ती खेप्नुु परेको थियो । मंगलबारबाट भने प्रतिष्ठानले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको हो ।

अहिले प्रतिष्ठानमा जडान गरिएको ‘२५६ स्लाइस’ सिटिस्क्यान मेसिन काठमाण्डौ बाहिर पहिलो पटक विपी प्रतिष्ठानमा ल्याइएको हो । यो मोसिनबाट दैनिक ६० जनाको सिटिस्क्यान गर्न सकिने प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले जानकारी दिए । अहिले दैनिक ५० जना सम्म विरामीको सिटिस्क्यान गरिरहेका छौ उनले भने ‘अब सिटिस्क्यानका लागि विरामीले बाहिर जानुु पर्ने अवस्था अन्त्य गर्ने योजनामा प्रतिष्ठान छ ।’

उनका अनुुसार मेसिन सञ्चालन गर्न प्रतिष्ठानकै कर्मचारीलाई तालिम दिइएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहले बिसम परिस्थितीको बाबजुुतपनि हामीले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको बताउदै चाडै एमआरआइ पनि ल्याउने बताए । पछिल्लो समय प्रतिष्ठानमा केही बिषम परिस्थिति निर्माण भएको थियो, हामीले चाहेर पनि विरामीलाई सहजता पुुग्ने गरी काम गर्न सकेका थिएनौ, निर्देशक शाहले भने ‘अब त्यस्ता परिस्थितीलाई चिर्दै प्रतिष्ठान सुुधारका कार्यहरु सञ्चालन गर्न हामी लागेका छौ ।

उनका अनुुसार मोबाइलबाटै विरामीले नाम दर्ता गर्ने, ल्याबको रिपोर्ट हेर्ने जस्ता सुुविधा सहित सुुरु गरिएको मोबाइल एपलाई थप ब्यबस्थित बनाउने र प्रतिष्ठानमा हुने भिडभाडलाई कमी गर्ने काम भइरहेको छ । ‘काम गर्ने क्रममा लाग्ने आरोपहरुको प्रवाह नगरी नियमसँगत तरिकाले सबैले काम गर्नुु पर्छ भन्ने मान्यता सबैमा आए प्रतिष्ठान सुुधारका लागि कुनै समय नलाग्ने उनले बताए । ‘प्रतिष्ठानबाट मैले के पाएँ हैन प्रतिष्ठानका लागि मैले के गरेँ ? भनेर आफैले आफैलाई प्रश्न गर्ने बेला आएको बताउदै उनले सबैले आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पुरा गरे प्रतिष्ठानले तीन महिनामा नै गति लिन्छ ।

प्रतिष्ठानका उपकुुलपति डाक्टर ज्ञानेन्द्र गिरीले वीपी प्रतिष्ठान नेपालकै गौरव भएकाले यसको गरिमालाई बचाएर काम गर्ने उनले बताए । ‘भएका समस्यालाई मिलेर समाधान गर्नुुपर्छ तर प्रतिष्ठानको हितमा हुने कामलाई रोक्ने र आफ्नो स्वास्र्थ अनुुसार काम गराउने प्रचलन हटाउनुु पर्ने उनको भनाई छ । सिटिस्क्यान सँगै अब आइसियुु बेडहरु थप गर्ने प्रक्रिया भइरहेको उनले बताए । इमेरजेन्सीमा निकै ठूलो समस्या थियो अहिले केही विस्तार गरेका छौ अब त्यसलाई थप व्यवस्थित गर्ने गरी कामहरु अगाडी बढेका छन् उपकुलपति गिरीले भने ‘चाडै सबै क्षेत्रमा परिवर्तन आउँछ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved