चिसोमा भक्काको ब्यापार बढ्यो

  • पुस २, २०७८
  • "फणिन्द्र तिम्सिना"
alt

धरान/ पुष माघको जाडो शुरु भए सँगै गाउँघरमा हरेक बिहान तथा साँझ पर्न थाले पछि भक्का खानेको लाइननै हुन्छ । चामलको पीठोलाइ बाफद्वारा बनाइएको भक्का चटनी वा चियासँग खानुको मज्जा नै बेग्लै हुन्छ ।
भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ । आदिवासी समुदायको विषेश खाजाको रुपमा लिइने भक्का अहिले पुर्वी तराई क्षेत्रमा लोकप्रिय खाजाको रूपमा लिइन्छ । बच्चा देखि बृद्धसम्मले खान मिल्ने भक्का माटोको भाँडो प्रयोग गरि बटुका आकारमा बनाइन्छ । आदिवासी समुदायमा महिलाले बनाउने सँस्कृति भए पनि अहिले अधिकांश ठुला ठुला शहर तथा रेस्टुरेन्टमा भक्काको व्यपार हुन थालेको छ ।

विदेशी खाजाले बजार छोपिरहेको अवश्थामा भक्का नेपाली बजारमा निकै नै लोकप्रिय बनेको छ । नेपाली परिकारका रुपमा भक्कालाई प्रवद्र्धन गर्न सके खाजाको विकल्प हुने स्थानीय बताउँछन् । भक्काको स्वाद र यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यका लागि समेत लाभदायी रहेको छ । भक्काको वैज्ञानिक खोज तथा अनुसन्धान गर्न सके अन्तरराष्ट्रिय बजारमा पहिचान पाउने सम्भावना रहेको स्थानीय गोविन्द पौडेल बताउँछन् ।

थोरै पूँजी र सामान्य भाँडाकुँडाबाटै भक्का बन्ने भएकाले व्यापार निकै फाइदाजनक रहेको उनको भनाई छ । पुर्वका तराई क्षेत्रका मुख्य शहरहरु धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड, इलाम लगायतका स्थानमा सयौँको संख्यामा भक्का बनाएर बेच्ने साना पसल चलेका छन् ।

सय डिग्री सेल्सियसको तापक्रममा उम्लिएको पानीको बाफमा उसिनेर पकाइने भक्का शुद्ध, अर्गानिक र स्वास्थ्यको लागि समेत राम्रो रहेको व्यवसायी फुलसरी चौधरीले बताईन । धरान १६ की विकास टोलकी कुन्ती चौधरीका अनुसार १ हजार देखि १५ सय सम्मको भक्का बिक्री गर्दै आएको बताईन ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved