धरान । सुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् । एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरे
धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् । लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ
धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर
विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।
धरान । कोभीड संक्रमणका कारण दुई वर्ष देखि स्थगित भएको भोजपुर ट्रेल रेसको पाचौं सस्करण चैत्र १२ देखि सन्चालन हुने भएको छ । विश्व नम्बर १ अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने ट्रेल रेस भोजपुरस्थित सानोदुम्मामा सन्चालन हुने मिरा राई फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए । रेसलाई पौवादुम्मा गाउँपालिकाले केही बजेट विनियोजन गरेको छ भने प्रदेश १ सरकारबाट मौखिक आश्वाशन पाएको छ । ८ देखि दस लाखको बजेटमा सम्पन्न हुने स्पर्धाले ट्रेल रेसको प्रवद्र्धन र नयाँ धावक धाविकालाई प्रोत्साहन गर्ने सचिव राईको भनाइ छ । रेसमा अनुमानित ३ सय धावक धाविका सहभागी हुने आयोजकको विश्वास छ । हङकङ, बेलायत, भारत ल
धरान । धरान–१६ स्थित शारदा बालिका नमुना मा.बि.मा रहेको ज्योतिपुन्ज बाल क्लबले सोमबार आयोजना गरेको १६ नम्बर वडा ब्यापि बालिका स्टार, सिजन–२ को गायनतर्फ निशा तामाङ र नृत्य तर्फ प्रतिष्ठा राई प्रथम बनेका छन् । बिद्यालय परिषरमा भएको प्रतियोगीतामा गायन तर्फ सियोन स्कुलकी छात्रा सजिना राई दोश्रो भईन भने सोनिया मुर्मु तेश्रो भईन । यता नृत्य तर्फ अनिसा थापा मगर र निर्मा राई क्रमशः दोश्रो र तेश्रो भए । बालिका स्टारकै अवसरमा भएको कविता प्रतियोगीतामा अनुस्का राई पहिलो भईन । सृष्टि लुइटेल र सोनिया राई क्रमशः दोश्रो र तेश्रो भए । त्यस्तै लघु कथा वाचन प्रतियोगीतामा तुलसा राई पहिलो भईन । सन्ध्या
धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन
धरान । धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र १५ गते देखि १९ गते सम्म हुने आयोजकले आइतवार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । अध्ययनसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सामेल गर्दै आएको कलेजले खेल र खेलाडिको सम्मान गर्दै बास्केटवल प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका अध्यक्ष केलाश लिम्वुले जानकारी गराए । प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ
धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत ग
धरान l धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । पब्लिकका छात्र तथा छात्राले भलिबल प्रतियोगिताअन्तर्गत प्रतियोगितामा सहभागी अन्य टिमलाई पछि पार्दै जित हात पार्न सफल भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनले भने–‘अध्ययनसंगै खेलकुदका गतिवधिमा हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन् यसैको परिणाम हुनसक्छ भलिबल प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको सफलता ।’ शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका वि