फजुल खर्च जोगाउने उद्देश्यले सामुहिक ब्रतबन्ध

  • माघ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / ‘फजुल खर्च नगरौँ, मितव्यी बनौ, सामुहिक कार्यमा सहभागी बनौ’ भन्ने उद्देश्यका साथ विजयपुर अत्यात्मिक मञ्चले सामुहिक ब्रतबन्ध, गुन्युचोली, बेलविबाह, छेवर लगायतका संस्कारहरु सामुहिक रुपमा गर्ने भएको छ ।

विगतमा पनि सामुहिक रुपमा आयोजन गदै आएको मञ्चले यस बर्ष माघ २७ गते शुक्रबारको शुभमुर्हत पारेर गर्न लागेको हो । मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीका अनुसार नियमित गर्दै आएको यो संस्कार यस बर्ष पनि गर्न लागिएको हो ।

धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आयोजना हुन लागेको सामुहिक कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न समिति बनाइएको मञ्चका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिए । २०४८ सालदेखि लगातार गर्दै आएको सो कार्यक्रमलाई सम्पन्नसमितिहरु निर्माण गरिएको छ । सामूहिक संस्कार सम्पन्न गर्न इन्द्रनाथ वास्तोलाको संयोजकत्वमा १५१ जनाको ब्रतबन्ध कार्यक्रम व्यवस्थापन समिति गठन भएको जानकारी गराउँदै ११ वटा समिति बनाएर कार्य विभाजन गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

जस अन्तर्गत प्रचार प्रसार संयोजकमा दुर्गा काफ्ल, आर्थिक संयोजकमा पंकज घिमिरे, भोजन व्यवस्थापन संयोजकमा अरुणा पोखरेल, मण्डप व्यवस्थापन संयोजकमा सचिव कमल प्रसाद भट्टराई, पूजा व्यवस्थापन संयोजक शुभद्रा सुवेदी, स्वागत सत्कार संयोजक वरिष्ठ उपाध्यक्ष नैनकला न्योपाने, स्वयम सेवक व्यवस्थापन संयोजकमा मञ्चकी उपाध्यक्ष शान्ता अधिकारी, खानेपानी व्यवस्थापन संयोजकमा राजेन्द्र कुमार भण्डारी स्वयम सेवक व्यवस्थापन सह संयोजकमा भूपध्वज बुढाथोकी, भोजन व्यवस्थापन सह संयोजकमा निर्मला शर्मा रिजाल र अनुगमन तथा मूल्याङ्न संयोजकमा हिमप्रसाद ओझा रहेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved