स्थानीय

    Showing २५१-२६० of ५,३३१ items.
  • डिपो रनिङ कपमा सुनाखरी, प्रभात, पाराडाइज र चिल्ड्रेन्सको विजयी सुरुआत

    धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्‍यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए। तेस्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा धारिलो हतियार प्रहारबाट युवक गम्भीर

    धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ । धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय  आशिष भनिने  निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ। प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्। गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १,५०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कप्तानगन्जमा घाँस काट्न गएकी महिलामाथि ढुंगा प्रहार

    धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार घाँस काटिरहेका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानिएको ढुंगाले उनको टाउकोमा लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गर्‍यो भन्ने विषय अझै पुष्टि हुन नसके

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति

    जनकपुरधाम/ गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ। वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार–पीडित सहमतिपछि देवानगन्जका दुई मृतकको शव परिवारलाई

    सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार बास्केटबल रनिङ कप सुरु, हिमालयन, हिमशिखर, डिपो र डीपीएस विजयी

    धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्। डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्‍यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो। दोस्रो खेल

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ७३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवानगञ्ज गोलीकाण्डका मृतकका परिवारले शव बुझ्न मानेनन्

    धरान/  सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः गाउँ फर्किएका हुन्। यससँगै शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने सहमतिअनुसारको प्रक्रिया अन्योलमा परेको छ। शव नबुझाइएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। प्रहरीले भने परिवार र स्थानीयसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ। गत आइतबार राति देवानगञ्ज–३ कप्ता

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवानगञ्जको घटना धार्मिक युद्ध तर्फ मोडिदै

    धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिकामा गत आइतबार राती देखि भएको घटनाले देश भरिनै धार्मिक युद्धको स्वरुप लिइरहेको छ । हिन्दु धर्मावलम्बी र मुसलिम समुदाय बिच भएको धार्मिक युद्धको स्वरुप अहिले विस्तारै सुनसरी देखि अन्य जिल्लाहरुमा पनि सर्दै गएको छ । गत श्रावण १० गते बोलबंमका लागि हिडेका हिन्दु धर्मावम्वीहरुले स्थानीय शिव मन्दिर अगाडि धार्मिक गितमा डिजे बजाए पछि स्थानीय मुसलिम समुदायले बन्द गर्न आग्रह गर्दा स्थानीयहरु दुवै धर्मावलम्बीहरु बिच विवाद बढेको थियो । विवाद बढ्दै गए पछि धार्मिक युद्धको स्वरुप लिए पछि विवादलाई शान्त पार्न सशस्त्र प्रहरीले गोलि चलाउदा अहिले सम्म सुनसरीमा २ जनाको मृत्

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानुचौक सुनसान, व्यवसायी सडकमा : माग पूरा नभए कडा आन्दोलनको चेतावनी

    धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व्यापार चौपट भएको भन्दै धरान–२ को भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका व्यवसायी बुधबार सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहानदेखि पसल बन्द गरी सडक अवरुद्ध गरेपछि सो क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको थियो। साँझ कोणसभा गर्दै सडक खुलाए पनि माग सम्बोधन नभए (भाेलि)बिहीबार बिहान ८ बजेदेखि पुनः सडक अवरोध तथा थप कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन्। व्यवसायीका अनुसार बसपार्क स्थानान्तरणसँगै बजारमा यात्रु र ग्राहकको चहलपहल घट्दा वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक संकटमा परेका छन्। उन

    • प्रकाशित मितिः साउन १३, २०८३
    • २५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीसहित देशका अस्पतालमा नियमित उपचार सेवा सुरु

    धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए। नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved