भानुचौक सुनसान, व्यवसायी सडकमा : माग पूरा नभए कडा आन्दोलनको चेतावनी

  • साउन १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व्यापार चौपट भएको भन्दै धरान–२ को भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका व्यवसायी बुधबार सडक आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले बिहानदेखि पसल बन्द गरी सडक अवरुद्ध गरेपछि सो क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको थियो।

साँझ कोणसभा गर्दै सडक खुलाए पनि माग सम्बोधन नभए (भाेलि)बिहीबार बिहान ८ बजेदेखि पुनः सडक अवरोध तथा थप कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन्।

व्यवसायीका अनुसार बसपार्क स्थानान्तरणसँगै बजारमा यात्रु र ग्राहकको चहलपहल घट्दा वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक संकटमा परेका छन्।

उनीहरूले भानुचौक–देशीलाइन क्षेत्रमा लागू गरिएको एकतर्फी सवारी व्यवस्था हटाई सबै प्रकारका सवारीलाई दुईतर्फी सञ्चालन गर्नुपर्ने तथा धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुमलगायत पहाडी जिल्लाबाट आउने–जाने सार्वजनिक सवारी पुनः भानुचौक हुँदै सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

धरान–२ का पूर्ववडाध्यक्ष सुरेन राई ले व्यापार जोगाउन घरधनीदेखि व्यवसायीसम्म एकजुट हुनुपर्ने बताए। बसपार्क सरिसकेपछि पनि सडकलाई एकतर्फी राख्नुको औचित्य नरहेको भन्दै उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।

देशीलाइन–भानुचौक व्यवसायी समितिका अध्यक्ष गंगा राई ले व्यवसाय जोगाउन बाध्य भएर पसल बन्द गर्नुपरेको बताउँदै आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने धारणा राखे। समयमै समस्या समाधान नगरे आन्दोलन अझ सशक्त बन्ने उनको चेतावनी थियो।

आन्दोलन संयोजक भुपाल राई ले स्थानीय सरकारले व्यवसायीसँग संवाद नगरी प्रहरी परिचालन र धरपकडको नीति अपनाएको आरोप लगाए।

उनले दमन होइन, वार्ता र समन्वयबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित जनप्रतिनिधि आन्दोलनस्थलमै आएर औपचारिक छलफल गरे आन्दोलन रोक्न तयार रहेको बताए। फोनबाट मात्र आन्दोलन नरोकिने उनको स्पष्ट भनाइ छ।

बिपीसहित देशका अस्पत ...

धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको ...

धरानमा कोशी प्रदेशको ...

धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्र ...

वी.पी. कोइराला स्वास ...

आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। प ...

फुट्सल विजेता अभिभाव ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved