डिपो रनिङ कपमा सुनाखरी, प्रभात, पाराडाइज र चिल्ड्रेन्सको विजयी सुरुआत

  • साउन १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्।

पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्‍यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, तरहराले माउन्ट हर्मन एकाडेमी, धरानलाई एकतर्फी ५५–९ अङ्कले पराजित गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका पाराडाइजका रितिक साह म्यान अफ द म्याच बने।

अन्तिम खेलमा चिल्ड्रेन्स एकाडेमी, धरानले इस्ट होराइजन, झापामाथि ३०–१७ अङ्कको जित निकाल्यो। चिल्ड्रेन्सका प्रकुस तामाङ म्यान अफ द म्याच घोषित भए।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष तथा विद्यालयका पूर्वअध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।

मोडर्न प्रिपरेटोरी स ...

इटहरी/ इटहरी ६ मा अवस्थित  मोडर्न प्रिपरेटोरी स्कु ...

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

बाँदर खेदाउँदै गर्दा ...

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका&ndas ...

उपाध्यक्षले मागिन् ४ ...

धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved