गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति

  • साउन १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

जनकपुरधाम/ गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।

शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ।

वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उपयुक्त समयमा आवश्यक समिति गठन गर्ने समझदारी बनेको छ।

वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरूलाई विनाशर्त रिहा गर्ने, उनीहरूमाथि कुनै पनि मुद्दा नचलाउने र आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्षबीच सहमति जुटेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अघिल्लो दिनको लेटरप्याड र हस्ताक्षरसम्बन्धी असमझदारीलाई यस वार्ताले स्पष्ट पारेको छ। सञ्चारमाध्यममा आएका भ्रमबारे गृहमन्त्रीले स्पष्टीकरण दिएपछि मोर्चाका प्रतिनिधिहरू सन्तुष्ट भई आन्दोलन फिर्ता लिन तयार भएका हुन्।

हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले सरकारका तर्फबाट अबदेखि प्रदर्शनकारीमाथि गोली नचलाइने प्रतिबद्धता आएको र मागहरू सम्बोधन गर्ने आश्वासन पाएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले पनि जिल्ला प्रशासन कार्यालय र यात्री निवासमा गरी दुवै चरणमा प्राप्त भएका मागपत्रहरू सरकारका तर्फबाट ग्रहण गर्दै शान्ति(सुरक्षा र संवादको बाटो रोजेकोमा मोर्चालाई धन्यवाद व्यक्त गरेका छन्।

सुनसरी उद्योग वाणिज् ...

धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भा ...

डिपो बास्केटबलमा चा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

डिपो रनिङ कपमा सुनाख ...

धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पा ...

धरानमा धारिलो हतियार ...

धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved