बिपीसहित देशका अस्पतालमा नियमित उपचार सेवा सुरु

  • साउन १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए।

नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर्धक्क भएर नियमित स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

धरान शाखाका अध्यक्ष डा. अरुण कुमार सिंह र महासचिव डा. दिपेन्द्र मिश्र ले आन्दोलनमा ऐक्यबद्धता जनाउने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारी तथा निजी अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, चिकित्सा विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाज तथा सेवाग्राहीप्रति आभार व्यक्त गरेका छन्।

उनीहरूले नारायणी अस्पतालमा भएको घटनाले स्वास्थ्य संस्थामा सुरक्षित कार्यस्थलको आवश्यकता थप स्पष्ट पारेको उल्लेख गर्दै दोषीमाथि निष्पक्ष अनुसन्धान, कानुनबमोजिम कडा कारबाही तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

साथै, सबै स्वास्थ्य संस्थामा पर्याप्त सुरक्षा जनशक्ति, आवश्यक सुरक्षा उपकरण र प्रभावकारी सुरक्षा व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिँदै सुरक्षित कार्यस्थलबाट मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुने भएकाले यसमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उनीहरूको भनाइ छ।

भानुचौक सुनसान, व्यव ...

धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व ...

धरानमा कोशी प्रदेशको ...

धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्र ...

वी.पी. कोइराला स्वास ...

आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। प ...

फुट्सल विजेता अभिभाव ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved