कप्तानगन्जमा घाँस काट्न गएकी महिलामाथि ढुंगा प्रहार

  • साउन १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घाँस काटिरहेका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानिएको ढुंगाले उनको टाउकोमा लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गर्‍यो भन्ने विषय अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै करिब १५० जनाजति स्थानीय कप्तानगन्जमा भेला भएका छन् । उनीहरूले निर्दोष महिलामाथि ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रहरीका अनुसार स्थानीयको जमघट बढ्दै गएकाले अवस्था संवेदनशील बनेको छ । सम्भावित तनावलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर प्रकाश पराजुलीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
प्रहरीले आक्रोशित भिडसँग निरन्तर संवाद र सम्झाइबुझाइ गरिरहेको छ । यद्यपि, विरोध प्रदर्शन उग्र बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । साथै, ढुंगा प्रहारमा संलग्न व्यक्तिको पहिचान र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
देवानगन्जमा केही दिनअघि मात्रै दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने आठ जना घाइते अझै उपचाररत छन् । त्यसपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, आक्रमण र लुटपाटका घटना भएका थिए । स्थानीय प्रशासनले हालसम्म निषेधाज्ञा लागू गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पछिल्ला दिनमा अवस्था क्रमशः सामान्य बन्दै गएको भनिए पनि आइतबारको घटनाले देवानगन्ज क्षेत्रमा फेरि तनाव बढ्न सक्ने चिन्ता स्थानीय प्रशासन र सुरक्षा निकायमा बढाएको छ ।

सुनसरी उद्योग वाणिज् ...

धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भा ...

डिपो बास्केटबलमा चा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

डिपो रनिङ कपमा सुनाख ...

धरान/  डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पा ...

धरानमा धारिलो हतियार ...

धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved