विराटनगर/ कोशी प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ। नेपाली कांग्रेसले नेकपा ९एमाले० सँगको सत्ता साझेदारी अन्त्य गर्ने औपचारिक निर्णय गरेसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणको चर्चा तीव्र बनेको छ। विराटनगरमा बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई अब निरन्तरता नदिने निर्णय गरेको हो। यद्यपि, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने केन्द्रको निर्देशन पर्खिने निर्णय गरिएको छ। बैठककै क्रममा कांग्रेसका शीर्ष नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ता बोलाउने निर्णय स्थगित गरिएको नेताहरूले बताएका छन्। केन्द्रबाट स
लमजुङ/ बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बुद्धिबहादुर बोहोरा र दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछाने मिल्ने साथी हुनुहुन्थ्यो। दुवैबिच घुमफिर गर्ने, तास खेल्ने, खानपिन गर्ने घनिष्ठ सम्बन्ध थियो। लामिछाने बोहोराको घरमा नियमित आउजाउ गर्नुहुन्थ्यो। बोहोराले पनि लामिछानेले भनेका कुरालाई सहजै स्वीकार गर्ने गरेको परिवारजन बताउँछन्। यति घनिष्ठ सम्बन्ध भएका साथीबाट अप्रिय घटना होला भनेर दुवै परिवारले कल्पना गरेका थिएनन्। तर, एक साताअघि मृत फेला परेका बोहोराको हत्या आफ्नै साथी लामिछानेले सुन लुट्ने उद्देश्यले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले घटनामा संलग्न
इटहरी/ सूचनाको हक प्रयोग गरी सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने नागरिकले कानूनले तोकेको समयभित्र सूचना पाउनुपर्ने व्यवस्था भएपनि इटहरी उपमहानगरपालिकाले भने सूचना उपलब्ध नगराएको पाइएको छ । विभिन्न समयमा दर्ता भएका निवेदनमा आर्थिक वर्षका योजना, नगर अस्पतालको फार्मेसी ठेक्का, सवारीसाधन खरिद तथा वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० सम्बन्धी सूचना मागिए पनि सूचना उपलब्ध नगरिएको वा आंशिक रूपमा मात्र उपलब्ध गराइएको सेवाग्राहीहरूको गुनासो छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने मौलिक हक सुनिश्चित गरेको छ । त्यसैगरी स
धरान/ वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र कोशी प्रदेश पर्यटन वर्ष २०८३ अभियानलाई थप टेवा पुर्याउने उद्देश्यका साथ धरानमा ‘कोरा राइड २०८३’ आयोजना हुने भएको छ। पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै साउन २ गते शनिबार बिहान ६ बजे धरान–२ स्थित भानुचोकबाट कार्यक्रम सुरु हुने जानकारी दिएको हो। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने तय भएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष किशान मास्केका अनुसार नेपालमा सन् २०११ देखि सुरु भएको कोरा र
सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुलबाट प्रहरीले ७.५६ ग्राम ब्राउन सुगरसहित धरानका एक युवकलाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ः३० बजे कालाबन्जरबाट धरानतर्फ स्कुटरमार्फत लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस चतराको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारले चलाएको को २८ प २४३२ नम्बरको स्कुटर रोकेर तलासी लिँदा ७.५६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र स्कुटरसहित सुनुव
काठमाडौँ/ आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ । १४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।
काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ । यातायात सम्बध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र
धरान/ धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उहाँ श्रीमान् राम सुनुवारलाई सम्झिनुहुन्छ । तीन वर्षअघि यही पुलबाट लडेर गम्भिर घाइते भएका उहाँका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उहाँको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन । विसं २०८० चैतमा निर्माण सम्पन्न भएको उक्त पुल पाँच महिना बित्न नपाउँदै साउन २२ गते राति आएको भीषण बाढीबाट भत्कियो । त्यस स्थानमा सरोकारवाला निकायले नयाँ पक्की पुल निर्माण गर्ने विषयमा समयमै चासो नदिँदा स्थानीयवासी अहिले पनि ज
खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा मदिरा सेवनपछि दाजुभाइबीच भएको झगडाले दुःखद रूप लिँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार साँझ करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई र उनका ३५ वर्षीय भाइ ओइमानसिंह राईबीच घरायसी विवाद चर्किएर कुटाकुट भएको थियो। दुवैले मदिरा सेवन गरेका थिए। झगडाका क्रममा ओइमानसिंह घरको बरन्डाबाट लड्दा टाउको र पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान २:२५ बजे चिकित्सकले उनल
धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुईजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र ध