टीभीएसको महाएक्सचेञ्ज मेला, १० लाखसम्म छुटदेखि २.५ ग्राम सुनको सिक्कासम्म

  • असोज २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा बुधबारदेखि टीभीएसको विशेष मेला शुरु भएको छ ।

 पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर शुरु गरेको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । इटहरीको राजस्व ढाटमा हुने मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज र टेस्ट राइडका साथै विभिन्न छुट तथा उपहार योजना उपलब्ध हुने आयोजकले जनाएको छ ।

 जगदम्बा मोटर्सको आधिकारिक डिलर पारस अटोमोबाइल्सका अनुसार दशैंको अवसर पारेर ग्राहकलाई एकै स्थानबाट सवारी छनोट र खरिदको सुविधा दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।

 उनका अनुसार मेलामा टीभीएसका विभिन्न मोडल खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

 विभिन्न योजनामार्फत् ‘गोल्डेन की’ जित्ने तथा १०० प्रतिशतसम्म क्यासब्याक पाउने अवसरसमेत रहने बताइएको छ ।

 मेलाको अर्को आकर्षण पुरानो सवारीसाधनको एक्सचेन्ज योजना रहनेछ । ग्राहकले आफूले प्रयोग गर्दै आएको जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ सवारीसाधनसँग साट्न सक्नेछन् । पुराना सवारीको मूल्याङ्कनलाई प्राथमिकता दिँदै एक्सचेन्ज प्रक्रिया सहज बनाइएको बताइएको छ ।

 नयाँ सवारी खरिदका लागि फाइनान्स सुविधा पनि मेलामै उपलब्ध हुने तथा नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको बताइएको छ ।

 स्कुटर खरिद गर्ने ग्राहकका लागि भने अतिरिक्त सुविधा राखिएको छ । खरिदकर्ताले निःशुल्क एसेसोरिज पाउनुका साथै लक्की ड्रमा सहभागी हुन पाउनेछन् । दैनिक लक्की ड्रमार्फत् एक जना ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको अवसर दिइने आयोजकले जनाएको छ ।

 विद्युतीय स्कुटर खरिदमा पनि ग्राहकले छुट पाउनेछन् । मेलाको अवधिमा इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध तथा साप्ताहिक लक्की ड्रमार्फत् एक जना ग्राहकले २।५ ग्रामको सुनको सिक्का जित्न सक्ने व्यवस्था गरिएको छ ।

 मेलामा टेस्ट राइडको सुविधा उपलब्ध हुनेछ । ग्राहकले विभिन्न मोडलका सवारी साधन चलाएर हेर्न र आफ्नो आवश्यकता तथा रुचिअनुसार सवारी छनोट गर्न सक्नेछन् । टेस्ट राइडमा सहभागीलाई उपहारको समेत व्यवस्था गरिएको बताइएको छ ।

नयाँ निलो यामाहा एक् ...

धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइ ...

भरुवा बन्दुकसहित एक ...

धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधार ...

लागूऔषधसहित सुनसरीबा ...

सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ला ...

धरानमा खेल्ने क्रममा ...

धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved