इनरुवा/ जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बिहीबार (२०८३ असोज २२ गते) जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–२ निवासी ३२ वर्षीय नाना भन्ने नरेन लोहनीलाई इनरुवा नगरपालिका–४ स्थित सहमति चोकबाट पक्राउ गरिएको छ।
त्यस्तै, काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउतलाई इटहरी उपमहानगरपालिका–७ स्थित बालग्रामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका प्रतिवादी हुन्।