अग्नि सुरक्षा तथा आपत्कालीन प्रतिकार्यसम्बन्धी संयुक्त अभ्यास

  • असोज २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास गरिएको छ ।

नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा आज धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र परिसरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरिएको हो ।

अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीको संयुक्त टोलीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार र प्राथमिक उपचारलगायतका प्रक्रियाको व्यावहारिक प्रदर्शन गरेको श्री भगवतीदल गणका गणपति देवराज भट्टले जानकारी दिए ।

सुख्खायाम तथा चाडपर्वका समयमा विद्युत् सर्ट, ग्यास चुहावट, मानवीय लापरवाही, औद्योगिक दुर्घटना तथा सुख्खा मौसमका कारण आगलागी हुने सम्भावित जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको गणपति भट्टले बताए ।

अभ्यासअघि सम्भावित आगलागी तथा अन्य विपद्का घटनाको सूचना प्रवाह, अन्तरनिकाय समन्वय, निर्णय प्रक्रिया, स्रोतसाधनको पहिचान तथा परिचालन, उद्धार र राहत व्यवस्थापन, घाइतेको उपचार, सुरक्षा व्यवस्थापन तथा जनचेतना अभिवृद्धिलगायतका विषयमा छलफलसमेत गरिएको उनको भनाई थियो ।

यस्ता अभ्यासले विपद्का समयमा सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ गर्दै आपत्कालीन तयारी तथा प्रतिकार्यको संयन्त्रलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आगलागीलगायत विपद्वबाट हुने क्षति न्यूनीकरणका लागि सबै क्षेत्रका नागरिकमा सचेतना र पूर्वतयारी आवश्यक रहेको बताए ।

आगलागीको जोखिमबारे सबै नागरिक सचेत र पूर्वतयार रहनुपर्ने बताउँदै उनले आगलागी भइहालेमा तत्काल नियन्त्रण गर्ने, सम्भावित क्षति न्यूनीकरण गर्ने तथा घाइतेको उद्धार र उपचार गर्ने तरिकाबारे जानकारी दिन यस्ता अभ्यास उपयोगी उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख पुष्पराज मल्ल, सशस्त्र प्रहरी बल नेपाल नं। ४ गण हेडक्वार्टरका प्रमुख लबकुमार सापकोटा, राष्ट्रिय अनुसन्धानका निर्देशक विमल घिमिरे, धरान औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बन्जाडेलगायत विभिन्न निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

रोटेपिङ खेल्ने क्रमम ...

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेप ...

सेन्चुरी मसलाको नयाँ ...

काठमाडौं/  सेन्चुरी ग्रुपअन्तर्गत दुगड स्पाइस ...

घरायसी विवादले लियो ...

झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी ...

गाईको गोठभित्र जुवा ...

झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved