बराहक्षेत्रमा लागूऔषधसहित अनुश मगर पक्राउ, मोटरसाइकल चालक फरार

  • असोज २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो ३ः४० बजे कान्छीचोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प २५९३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए।

मोटरसाइकलको पछाडि सवार बराहक्षेत्रकै ३० वर्षीय अनुश मगरलाई प्रहरीले खानतलासी गर्दा डाइसाइक्लोमिन (Dicyclomine) १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल (Tramadol) १ हजार ३ सय ९० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नडाहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लागूऔषध र मोटरसाइकलसहित मगरलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

गाईको गोठभित्र जुवा ...

झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास ...

अस्पतालमा सुत्केरीको ...

इनरुवा/  सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्क ...

जेन्जी आन्दोलनका क्र ...

इनरुवा/  जेन्जी आन्दोलनका क्रममा कारागारबाट फ ...

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved