काठमाडौं/ सेन्चुरी ग्रुपअन्तर्गत दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा ल्याएको छ ।
मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तर सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक डिजाइनमा तयार गरिएको जारलाई मसला सकिएपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिनेछ ।
नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष अफरसमेत ल्याएको छ । अब सेन्चुरी मसलाको प्रत्येक जार खरिद गर्दा उपभोक्ताले १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, सहज रूपमा मसला निकाल्नका लागि प्रत्येक जारभित्र एउटा चम्चासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
दैनिक भान्सामा प्रयोग हुने मसलाको गुणस्तर र स्वच्छतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकेजिङमार्फत उपभोक्तालाई थप सुविधा र मूल्य प्रदान गर्ने अपेक्षा गरेको छ ।
आकर्षक जार, पुनः प्रयोग गर्न मिल्ने सुविधा र अतिरिक्त मसलाको अफरले उपभोक्तालाई थप लाभ पुग्ने कम्पनीको विश्वास छ ।
नेपालको मसला बजारमा आफ्नो पहिचान बनाउँदै आएको सेन्चुरीले उत्पादनको गुणस्तर र प्याकेजिङलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको सेन्चुरी मसलाको नयाँ प्याकेजिङले उपभोक्तालाई थप सहजता प्रदान गर्नुका साथै बजारमा ब्रान्डको उपस्थिति अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको आवश्यकता र हितलाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादन तथा नयाँ योजनामार्फत बजारमा उपस्थितिलाई निरन्तरता दिने जनाएको छ ।