सुनसरी/ पछिल्लो समय तमोर करिडोरको ट्रयाक खुलेसँगै सवारी साधनको चाप बढेको छ । तमोर करिडोरको ट्रयाक खुलेसँगै पछिल्लो तमर क्षेत्रमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि यहाँका स्थानीयहरुले सुरक्षा पोष्ट स्थापनको माग गरेका छन् । करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि घनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोला सम्मको दूरी २८ किमी रहेको छ । यो सडक हुदै दैनिक २ सय साधन आवात जावत गर्ने गर्छन् । तर बढ्दो चाप र यतिलामो समय खण्डमा कुनै पनि सुरक्षा पोस्ट छैन । यो क्षेत्रमा कुनै घटना वा दुर्घटना भए मुढेबास र डाँडा बजारमा रहेको प्रहरी चौकीसम्म पुग्नुपर्ने बाध्यता छ । भौगोलिक दृष्टिकोणले यी चौकी तमोर ग
सुनसरी/ इस्लाम धर्मावलम्बीहरूको पर्व ईद(उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए। गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो। यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।
विराटनगर/ नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन् । १ महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने दुई दलको दाबी छ । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ (२)
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा मङलवातबाट वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु भएको छ । १२ वर्ष पछि आयोजना भएको उक्त मेलाको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा एक मात्र चतराधाममा लाग्ने उक्त मेला आज मङलबार अर्थात चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया वैशाख २८ गतेसम्म १ महिना सञ्चालन हुनेछ । उद्घाटन समारोहमा राष्ट्रपती पौडेललाई वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल आयोजक समितिको तर्फबाट नागरिक अभिन्दन समेत गरिएको थियो । समारोहमा आउनु पुर्ब राष्ट्रपतिले धर्मपत्नी स
वराहक्षेत्र/ १२ वर्ष पछि आयोजना हुने वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु चतराधाममा मङलवार उदघाटन भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा १ महिना आयोजना हुने उक्त वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । शिष्ट , विशिष्ट , महानुभाब , पुर्ब मन्त्री , सासद , पुर्ब सासदहरु तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की लगाएत राजनैतिक दलका नेता , सन्त महन्तहरुको आतिथ्यता रहेको उद्घाटन समारोहमा स्वागत् मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका सह
धरान/ च्याम्पियन सेकेण्डरी स्कुल धरान–१५ले यस वर्षदेखि विद्यार्थीहरुलाई नया तरीकाले शिक्षा दिने भएको छ । स्कुलले विद्यार्थीका लागि रोजगारमुलक प्राविधिक विषयलाई शैक्षिक शत्रबाट प्राथमिकतामा राखेर शिक्षा दिन लागेको हो । स्कुलले नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षाका अलावा विद्यार्थीलाई व्यवहारीक तथा स्वरोजगार वन्ने गरी प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गर्न लागेको स्कुलका अध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थिहरु कितावी ज्ञान मात्र
विराटनगर/ संवैधानिक अन्योलबीच कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ । मुख्यमन्त्री केदारबहादुर कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले–माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार संविधानको धारा १६८(५) अन्तरगत बनेको हो । कांग्रेसका केदार कार्की संसदीय दलको नेताको रूपमा नभइ प्रदेश सभा सदस्यको हैसियतमा २७ पुस २०८० मा मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए । संविधानको धारा १६८(३) अन्तरगत सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको रूपमा एमाले संसदीय दल कोशीका मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको म
धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सँगै कर्मचारीहरुको विवादित विषयहरुमा धरानका राजनितिक दलका प्रतिनिधीहरुले प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएका छन् । सोमबार धरानका विभिन्न दलका प्रतिनिधीहरुले प्रतिष्ठानको उपचार सेवा माथि उठिरहेको गुनासाहरु संबोधन गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण गराएका हुन् । छलफलमा विशेष गरि केही महिना अघि देखि फार्मेसी कर्मचारीहरुले गरेको आन्दोलनमा केन्द्रित रहेको थियो । सोमबार नेकपा एमाले जिल्ला सदस्य नारायण सुवेदी, नगर अध्यक्ष हर्कजंङ एभेङ, नेपाली कांग्रेसका नगर सभापति श्या
धरान/ आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ । धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ । भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे ल
विराटनगर/ वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा