स्थानीय

    Showing 1,481-1,490 of 5,049 items.
  • दिगो खान पान दिवस

    हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो दिवसले स्थानीय उत्पादन, मौलिक परिकार र वातावरणमैत्री खानपान संस्कृतिको प्रवर्द्धनमा जोड दिन्छ। सन् २०१६ देखि संयुक्त राष्ट्रसंघको अगुवाइमा मनाइँदै आएको यस दिवसको नारा हो — Local seeds ,Local eats स्थानीय बीउबाट उत्पादन गरिएका अन्न, तरकारी, फलफूलहरू केवल स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन , यसले हाम्रो सांस्कृतिक सम्पदा जोगाउन, किसानको जीविका सुधार्न र जैविक विविधता संरक्षण गर्न पनि सहयोग पुर्‍याउँछन्। दिगो खानपान भनेको यस्तो प्रणाली हो जसले प्रकृति, समाज र भविष्यलाई सन्तुलनमा राख्दै खानपानलाई अघि बढाउँछ। नेपाल जस्तो कृ

    • प्रकाशित मितिः असार ५, २०८२
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा ११६ केजी गाँजासहित फरार अभियुक्त पक्राउ

    दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीबाट ११६ केजी गाँजा बरामद प्रकरणमा फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन्। गत वैशाख ६ गते दुहबीबाट मोरङको बुढीगंगातर्फ जाँदै गरेको वा ७ च ९२६३ नम्बरको मारुति सुजुकी कारमा लागुऔषध गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले कारलाई पिछा गरेको थियो। सो क्रममा मालहट्टीस्थित सडकमा कार रोकेर चालक फरार भएका थिए। प्रहरीले जाँच गर्दा उक्त कारको डिकीभित्र चार वटा जेब्रा झोलामा प्याक गरी राखिएको ११६ केजी गाँजा बरामद भएको थियो। घटनापछि फरार रहेका चालक मोरङको बुढीगंगा गाउँपालिका–४ का नसरुद

    • प्रकाशित मितिः असार ५, २०८२
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

    धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरान उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा हुन लागेको हो । बुधबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबले प्रतियोगिता यही असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित रंगशालामा हुने जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष सागर घिमिरेका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा धरानलगायत विभिन्न क्षेत्रका ८ वटा महिला क्लब सहभागी हुनेछन् । सहभागी क्लबहरूमा अल स्टार फुटबल क्लब, धरान वुम

    • प्रकाशित मितिः असार ५, २०८२
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ मा

    सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ गते शुक्रबार हुने भएको छ । ‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिताको फिनाले धरान–१५ स्थित चुम्लुङ्ग हिममा बिहान ११ बजेबाट सुरु हुनेछ । फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा एफटीएल अनलाइन टिभी र फक्ताङलुङ खबर डटकमको प्रस्तुतीमा सञ्चालन भइरहेको प्रतियोगिता कोशी प्रदेशस्तरीय हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा खोजी गरी भविष्यमा शिक्षासँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसपटक प्रदेशभरिका १४ जिल्लाबाट सुरुवाती चरणमा ७०५ जना विद्यार्थी सहभागी भएका थ

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,052 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नदीको पानी ल्याउन धरानका लागि ४ करोड विनियोजन

    धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ। मेयर हर्क साम्पाङले लामो समयदेखि कोशीको पानी धरानमा ल्याउनका लागि पहल गर्दै आएका थिए। केही महिनाअघि उनी रित्तो गाग्री बोकेर काठमाडौँ पुगेका थिए र सिंहदरबारमा सम्बन्धित मन्त्री तथा अधिकारीहरूलाई भेटेर माग राखेका थिए। त्यतिबेलाको पहल र ध्यानाकर्षणपछि खानेपानी मन्त्रालयमार्फत बजेटको व्यवस्था गरिएको हो। सरकारले संघीय स्तरबाट कार्यान्वयन हुनेगरी सो रकम छुट्याएको छ। यसले धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ सकारात्मक संकेत देखिएको छ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा एकीकृत पाठ्यक्रम तालिम सुरु

    चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि ३ सम्म) का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमवारदेखि सुरु भएको पाँचदिने तालिममा सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता छ। शाखा प्रमुख उत्तमराज भर्तिकाका अनुसार नगरपालिका बार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गरिएको हो। तालिम वडा नं. १ देखि ५ सम्मका शिक्षकहरूका लागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा, र वडा नं. ६ देखि ११ सम्मका लागि चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको स्रोत केन्द्र भवनम

    • प्रकाशित मितिः असार ४, २०८२
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी, श्रमिक उत्साहित

    धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उपमहानगरपालिकामा सञ्चालन भएका विविध आयोजनाहरु प्रभावकारी बन्दै गएका छन् । कार्यक्रममा सहभागी श्रमिकहरुले थोरै भएपनि रोजगारीको अवसर पाएको र काम सिक्ने अवसर समेत मिलेको प्रतिक्रिया दिएका छन् । नेपाल सरकारले २०७५ सालदेखि देशभरका ७५३ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको थियो । धरानमा सो कार्यक्रमअन्तर्गत २०७५ मा वित्तीय सामग्री खरिद तथा व्यवस्थापन गरिएको र २०७६ सालदेखि श्रमिकहरुलाई पारिश्रमिकसहित काम दिन थालिएको हो । २०७९ सालमा धरान उपमहानगरपालिकाले उक्त कार्यक्रमलाई रोजगार सेवा केन्द्रको रूपमा स्थापना गरेको थियो । त्यसलाई

    • प्रकाशित मितिः असार ४, २०८२
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोरियाबाट फर्केर लाखौँ आम्दानीको खुर्सानी खेती

    भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवतीरमण थापाले आफ्नै गाउँमा लाखौँ आम्दानी गर्ने अकबरे खुर्सानी खेती सुरु गरेका छन् । रामप्रसाद राई गाउँपालिका–८ का थापाले करिब १० वर्ष दक्षिण कोरियामा श्रमिकको रूपमा बिताएपछि व्यावसायिक कृषिमा होमिएका हुन् । कोरियामा रहँदा सिकेको कृषि प्रविधि र सीप प्रयोग गर्दै उनले अहिले भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जमिन भाडामा लिएर १० हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन् । “कोरियामा राम्रो कमाइ भए पनि आफ्नै गाउँमा उदाहरणीय बन्ने लक्ष्यले फर्किएको हुँ,” थापाले भने, “खुर्सानी खेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म

    • प्रकाशित मितिः असार ४, २०८२
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन शीर्ष नेताको बैठक, संसद् अवरोध र समसामयिक विषयमा छलफल

    काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज साझा टेबलमा बस्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलले जानकारी दिएका छन् । बैठकमा हाल प्रतिनिधिसभामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोध, समसामयिक राजनीतिक गतिविधि र अन्य जटिल विषयहरूबारे छलफल हुने बताइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदयपुरमा प्रेमी–प्रेमिकाको शव : हत्या कि आत्महत्या ?

    उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन् । घटना हत्या हो कि आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, स्थानीय १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो । सोही स्थानबाट करिब २ सय मिटर पर आँपको रुखमा २८ वर्षीय रवीन्द्र राई झुन्डिएको अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको तयारी भइरहेको छ ।‘अहिलेसम्म घटनाको यक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 3,805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved