चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि ३ सम्म) का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमवारदेखि सुरु भएको पाँचदिने तालिममा सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता छ।
शाखा प्रमुख उत्तमराज भर्तिकाका अनुसार नगरपालिका बार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गरिएको हो।
तालिम वडा नं. १ देखि ५ सम्मका शिक्षकहरूका लागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा, र वडा नं. ६ देखि ११ सम्मका लागि चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको स्रोत केन्द्र भवनमा सञ्चालन भइरहेको छ।
चतरास्थित तालिममा २४ जना र चक्रघट्टि स्थित तालिममा ३५ जना शिक्षक-शिक्षिकाहरू सहभागी छन्।