धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ मा

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ गते शुक्रबार हुने भएको छ ।

‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिताको फिनाले धरान–१५ स्थित चुम्लुङ्ग हिममा बिहान ११ बजेबाट सुरु हुनेछ ।

फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा एफटीएल अनलाइन टिभी र फक्ताङलुङ खबर डटकमको प्रस्तुतीमा सञ्चालन भइरहेको प्रतियोगिता कोशी प्रदेशस्तरीय हो ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा खोजी गरी भविष्यमा शिक्षासँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसपटक प्रदेशभरिका १४ जिल्लाबाट सुरुवाती चरणमा ७०५ जना विद्यार्थी सहभागी भएका थिए ।

फिजिकल र डिजिटल अडिसन, क्वाटर फाइनल र सेमिफाइनल चरण पार गरेर गायन, नृत्य र वक्तृत्वकला गरी तीनै विधाबाट १०/१० जना गरेर ३० जना विद्यार्थी फिनालेका लागि छनोट भएका छन् ।

आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार प्रतियोगिताले विद्यार्थीहरूलाई मात्र प्रतिभा देखाउने प्लेटफर्म नभई उच्च शिक्षामा अघि बढ्न थप अवसर समेत दिँदै आएको छ ।

 मुख्य प्रायोजक युएन के एण्ड बारिस्टाले फाइनलिस्टहरूलाई ५० प्रतिशत छुटमा बारिस्टा, बेकरी र केक मेकिङ तालिम दिनेछ । विजेताहरूका लागि ८०, ७० र ६० प्रतिशत छुटको विशेष तालिमको व्यवस्था गरिएको छ ।

फिनाले कार्यक्रममा राष्ट्रिय गायक मेलिना राई र विकास लिम्बू तुम्बापोले समेत विशेष प्रस्तुति दिनेछन् ।

गायन र नृत्य विधाका विजेताले नगद ५० हजार रुपैयाँसहित कक्षा ११ र १२ मा १०० प्रतिशत छात्रवृत्ति, निःशुल्क बारिस्टा तालिम र निःशुल्क मुस्ताङ वा सिक्किम भ्रमण पाउनेछन् । वक्तृत्वकला विधाका विजेताले ६० हजार रुपैयाँ नगदसहित सोही सुविधा प्राप्त गर्नेछन् ।

फस्ट रनरअपले ३० हजार रुपैयाँ नगद, ५० प्रतिशत छात्रवृत्ति र गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले २० हजार नगद, ३० प्रतिशत छात्रवृत्ति र गिफ्ट ह्याम्पर पाउनेछन् ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायकमा गायनतर्फ विकास लिम्बू तुम्बापो र विनायक राई, नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे र रेश्मा राई तथा वक्तृत्वकलातर्फ डा. सुभाष न्यौपाने र प्राध्यापक विद्या झा रहेका छन् ।

 २०७५ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिताको टाइटल स्पोन्सर वाई वाई (चौधरी ग्रुप) रहेको छ भने मुख्य प्रायोजक युएन के एण्ड बारिस्टा रहेको छ । काठमाण्डौँ मोडल कलेज, युएन कलेज धरान, एनएमबी बैंक लगायत विभिन्न संस्थाहरूको निरन्तर साथ र सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

 

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved