कोरियाबाट फर्केर लाखौँ आम्दानीको खुर्सानी खेती

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवतीरमण थापाले आफ्नै गाउँमा लाखौँ आम्दानी गर्ने अकबरे खुर्सानी खेती सुरु गरेका छन् । रामप्रसाद राई गाउँपालिका–८ का थापाले करिब १० वर्ष दक्षिण कोरियामा श्रमिकको रूपमा बिताएपछि व्यावसायिक कृषिमा होमिएका हुन् ।

कोरियामा रहँदा सिकेको कृषि प्रविधि र सीप प्रयोग गर्दै उनले अहिले भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जमिन भाडामा लिएर १० हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन् ।

“कोरियामा राम्रो कमाइ भए पनि आफ्नै गाउँमा उदाहरणीय बन्ने लक्ष्यले फर्किएको हुँ,” थापाले भने, “खुर्सानी खेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य छ ।”

गत वर्ष दुई हजार बिरुवा परीक्षणस्वरूप लगाएर तीन लाख रुपैयाँ कमाएका उनले यसपटक उत्पादन विस्तार गरेका छन् । आगामी वर्ष ४० देखि ५० हजार बिरुवा रोपेर उत्पादन झनै बढाउने योजना रहेको उनले बताए ।

“विदेशमा गर्ने मेहनत यही माटोमा गरे पनि राम्रो आम्दानी हुन्छ,” थापाले भने, “हामी धेरैजना देशको सम्भावना नबुझेर विदेशिन्छौँ, कृषि क्षेत्रमै भविष्य छ भन्ने सन्देश दिन चाहन्छु ।”

उनले राज्यले अनुदानभन्दा प्रविधिमा सहयोग दिनुपर्ने बताए । “आधुनिक औजार र उपकरण भए युवा कृषिमा फर्किन्छन्, अहिले धेरै जमिन बाँझो छ,” उनले भने ।

थापाले साँचो किसानसम्म सरकारी कार्यक्रम पुर्‍याउन जरुरी रहेको र पहुँचका भरमा योजना सञ्चालन नहोस् भन्नेमा जोड दिए ।

कोरियामा त्यहाँको मालिकले थप बस्न आग्रह गर्दा पनि आफ्नै गाउँ फर्केर कृषिमा लाग्ने अठोटका साथ नेपाल फर्किएको उनले सुनाए ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved