स्थानीय

    Showing १,३३१-१,३४० of ५,३४१ items.
  • रास्वपा उम्मेदवार डा.लेखजंगले सार्वजनिक गरे डिभोर्स भैसकेको कागज

    बुटवल/  रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको प्रमाणसहितको कागजात सार्वजनिक गरेका छन् । थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्र भएको कागज सार्वजनिक गरेका हुन् । रास्वपाबाट ९ जना आकांक्षीमध्ये उम्मेदवार बनेपछि उनीमाथि बहुविवाहको आरोप सार्वजनिक भएका थिए । त्यसपछि फेसबुकमार्फत् कागजात देखाउँदै उनले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा सत्य हो । तर, त्यति नै सत्य पहिलो श्रीमतीसँग

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसी ब्यारेजका ३८ ढोका खोलियो,पानीको बहाब उच्च

    धरान/ सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो। गएराति १० बजे गरिएको जल सतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। सोमबार दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। ‘ब्यारेजमा हाल रातो बत्ती बाल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाख्राको खोरमा भेटियो कालो चितुवा

    इलाम/ विगत २ महिनादेखि भारतको दार्जिलिङका विभिन्न स्थानमा देखा परिरहेको कालो चितुवा (ब्ल्याक प्यान्थर) आइतबार इलाममा फेला परेको छ । इलामको सूर्योदय नगरपालिका–२ बागविरेका टंक काफ्लेको बाख्राको खोरमा पसेको बेला स्थानीयहरूले उक्त चितुवालाई थुनेर जिल्ला वन कार्यालय इलामलाई जानकारी गराएका थिए। जिल्ला वन कार्यालयका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षणबाट उद्धार टोली बोलाइएको छ। सो चितुवा गत हप्ता गोदकमा सडकमा स्थानीय मोटरसाइकल यात्रुले देखेका थिए । पछिल्लो २ महिनामा दार्जीलिङबासी को बाख्रा चोरेर हैरान बनाएको त्यो ब्ल्याक प्यान्थरले मानिससंग पटक पटक जम्काभेट हुदा समेत मानिसलाई आक्रमण गरेक

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • २८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रिने जारको पानी नै स्वस्थ्यकर पाइएन, १ सय ५६ वटा जार नष्ट गरियो

    धरान/  धरानको मुख्य नाका तीनकुनेमा सोमबार(आज) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ। मोबाइल ल्याबमार्फत तत्काल गरिएको परीक्षणमा दुधमा कुनै मिसावट नपाइए पनि पिउने पानीका जारहरू भने ठुलो संख्यामा फोहोर, कुचिएका र पुराना भेटिएपछि नष्ट गरिएको हो। खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार ८ वटा उद्योगका १५६ वटा पानीको जार तत्काल नष्ट गरिएका छन्। उनका अनुसार पुराना, लेबलविहीन र फोहोर जार बिक्रीमा पठाइएको पाइएपछि उद्योगमै फिर्ता पठाइएको हो। अनुगमनमा&n

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ७०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको हौसला बढाउँदै नगरप्रमुख गुरागाई, दैनिक अस्पतालमै उपस्थिति

    सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईले नगर अस्पताललाई आफैंको प्राथमिकता बनाएका छन्। प्रायः हरेक दिन अस्पताल पुगेका उनी बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै हौसला दिने गरेका छन्। सुन्दरहरैंचा–१ मा रहेको नगर अस्पताल पुगेपछि नगरप्रमुख गुरागाईले बिरामीसँग स्वास्थ्य स्थितिबारे सोधपुछ गर्ने, सेवा सुविधा कस्तो छ भन्ने जानकारी लिने र चिकित्सकहरुसँग उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर निर्देशन दिने गरेका छन्। उपचाररत एक वृद्ध आमाले भनिन्, “म पहिलो पटक नगर अस्पताल आएको हुँ, सेवा सुविधा राम्रो छ, अलिक लाइन बस्नुपर्‍यो तर बाँकी सबै ठीक छ। अझै आश्चर्य के लाग्यो भने प

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगर सहित युवक पक्राउ

    रामधुनि/ विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी रामधुनि नगरपालिका–५ झुम्का बजारमा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ३० वर्षीय सागर राईलाई उनकी दिदी रीना राईको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर १०५.५६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। उक्त कारबाही इलाका प्रहरी कार्यालय रामधुनि, इलाका प्रहरी कार्यालय पकलि र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गरेको हो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेम संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी गठन, अध्यक्षमा टंकी गुरुङ सर्वसम्मत चयन

    धनकुटा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को महालक्ष्मी नगर कमिटी गठन गरिएको छ। महालक्ष्मी नगरपालिका–७, जीतपुरमा शनिबार आयोजित कार्यक्रममा टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो। कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क. कुसुम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै अनेम संघ (क्रान्तिकारी) धनकुटा जिल्ला अध्यक्ष क. गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य क. सानु कार्की बस्नेतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा ४० भन्दा बढी अनेम संघ समर्थक महिलाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ६४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता

    मोरङ/ कोशी प्रदेश कार्यालय विराटनगरको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आइजीपी दिपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की बीच भएको आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौताको बुँदामा आधारित रही आ.व. २०८२/०८३ को लागी प्रदेश प्रहरी प्रमुख कार्की तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा सुनसरी, विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ३६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार स्थानमा निशुल्कः ‘वाटर एटीएम’ सेवा

    सुन्दरहरैंचा/ गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्। गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या नहोस भनेर सेवा सुरु गरिएको आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता खत्रीले जानकारी दिए। उनले इटहरीको तरहरा र बिषेश गरी सुन्दरहरैंचालाई प्रथामिकता दिएर बढ्दो गर्मी सर्वसाधारणलाई च

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजेट विवाद कायमै, अल्पमतबाट घोषणा,कार्यान्वयन अझै अन्यौल

    धरान/  धरान उपमहानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट अल्पमतको वावजुद पनि पारितको घोषणा गरिएको छ । शुक्रबार वहुमत सदस्यहरुको असहमतिको वाबजुद पनि उपमहानगरपालिकाका मेयर हर्कराज राईले वजेट पारितको घोषणा गरेका हुन् ।माओवादी, काँग्रेस सहितको समर्थनमा वजेट घोषणा गरिएको छ । असहमतिको बावजुद वजेट पारितको घोषणा गरिएको भएपनि कार्यान्वयन हुन्छ की हुन्न भन्ने विषयमा अन्यौल बढेर गएको छ । तर नेकपा (एमाले)लेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक नै वहिस्कार गरी असहमति जनाउँदै विरोध जनाएका छन् । धरान उमपहानगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको वहुमत सदस्य रहे पनि अल्पमत सदस्यको उपस्थितिमा बजेट

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved