अनेम संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी गठन, अध्यक्षमा टंकी गुरुङ सर्वसम्मत चयन

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को महालक्ष्मी नगर कमिटी गठन गरिएको छ।

महालक्ष्मी नगरपालिका–७, जीतपुरमा शनिबार आयोजित कार्यक्रममा टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो।

कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क. कुसुम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै अनेम संघ (क्रान्तिकारी) धनकुटा जिल्ला अध्यक्ष क. गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य क. सानु कार्की बस्नेतको विशेष आतिथ्य रहेको थियो।

कार्यक्रममा ४० भन्दा बढी अनेम संघ समर्थक महिलाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

प्रमुख अतिथि श्रेष्ठले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता अझै न्यून भएको बताउँदै राज्यका सबै तहमा महिलाको सक्रिय उपस्थिति आजको आवश्यकता भएको धारणा राखे।

उनले महिलाका हक अधिकार संविधानमै प्रत्याभूत भएको र समावेशिताको नारा जनयुद्धकै उपलब्धि भएकाले ती मुद्दा जनतासम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

यस्तै, माओवादी केन्द्र महालक्ष्मी नगरसमिति उपाध्यक्ष समेत रहेकी अनेम संघ (क्रान्तिकारी) कोशी प्रदेश सदस्य क. सानु कार्की बस्नेतले महिलाका हकहितमा माओवादीको योगदान ऐतिहासिक भएको भन्दै संगठनलाई अझ सशक्त बनाउन सबै महिलाले सक्रिय भुमिका खेल्नुपर्ने बताइन्।

अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) माओवादी केन्द्रको जनवर्गीय संगठन हो। संगठनको सातौँ राष्ट्रिय अधिवेशन आगामी भाद्र १८ देखि २० गतेसम्म काठमाडौंमा हुने तयारी भएको छ।

1000005284 1000005286

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved