कोशी प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ कोशी प्रदेश कार्यालय विराटनगरको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

आइजीपी दिपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की बीच भएको आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौताको बुँदामा आधारित रही आ.व. २०८२/०८३ को लागी प्रदेश प्रहरी प्रमुख कार्की तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा सुनसरी, विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरू बिच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रहरी कार्यालयका प्रमुखहरूले वार्षिक लक्ष्य, कार्ययोजना र उपलब्धि मूलक प्रहरी सेवा प्रदान गर्ने साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै समयमै लक्ष्य पुरा गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र, कोशी प्रदेश सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका प्रहरी प्रमुखहरू प्रत्यक्षरूपमा सहभागी भएका थिए भने अन्य जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू भर्चुअल माध्यमद्वारा सहभागी भएका थिए।वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई निर्देशनको क्रममा प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन, योजना र कार्यक्रम समयमै कार्यान्वयन गर्न तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्य सम्पादन सम्झौताको सफल कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले सक्रियताका साथ कार्यसम्पादन सम्झौतामा उल्लेख भएका वुँदाहरुमा आधारितरही प्रहरी कार्य सम्पादन गर्न निर्देशन समेत दिएका थिए । सम्झौता बमोजिम कार्यालय प्रमुखहरूले गरेका कार्यहरूको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved