बिरामीको हौसला बढाउँदै नगरप्रमुख गुरागाई, दैनिक अस्पतालमै उपस्थिति

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt _योगेन्द्र योगी

सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईले नगर अस्पताललाई आफैंको प्राथमिकता बनाएका छन्।

प्रायः हरेक दिन अस्पताल पुगेका उनी बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै हौसला दिने गरेका छन्।

सुन्दरहरैंचा–१ मा रहेको नगर अस्पताल पुगेपछि नगरप्रमुख गुरागाईले बिरामीसँग स्वास्थ्य स्थितिबारे सोधपुछ गर्ने, सेवा सुविधा कस्तो छ भन्ने जानकारी लिने र चिकित्सकहरुसँग उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर निर्देशन दिने गरेका छन्।

उपचाररत एक वृद्ध आमाले भनिन्, “म पहिलो पटक नगर अस्पताल आएको हुँ, सेवा सुविधा राम्रो छ, अलिक लाइन बस्नुपर्‍यो तर बाँकी सबै ठीक छ।

अझै आश्चर्य के लाग्यो भने पहिलो दिनमै नगरप्रमुख गुरागाईज्यू स्वयं भेटेर मेरो स्वास्थ्यबारे सोध्नुभयो। उहाँ साँच्चिकै अभिभावक हुनुहुँदो रहेछ।”

नगरप्रमुख गुरागाईले आफू नगर पिताको भूमिकामा रहेकाले बिरामी भेट्नु र समस्याबारे जानकारी लिनु दायित्व भएको बताए। बिरामीसँगको उनको आत्मीय व्यवहारले उपचारका लागि आउने धेरैलाई दङ्ग बनाएको छ।

नगर अस्पतालमा सुन्दरहरैंचाका मात्र नभई आसपासका पालिकाका बिरामी समेत आउँछन्।

यसैबीच अस्पतालको नयाँ प्रशासनिक भवन धमाधम निर्माण भइरहेको छ। झापाको दमकस्थित प्रविन निर्माण सेवा कम्पनीले जिम्मा लिएको उक्त भवन २०८४ वैशाख २५ भित्र सम्पन्न हुने जनाइएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved