इलाम/ विगत २ महिनादेखि भारतको दार्जिलिङका विभिन्न स्थानमा देखा परिरहेको कालो चितुवा (ब्ल्याक प्यान्थर) आइतबार इलाममा फेला परेको छ ।
इलामको सूर्योदय नगरपालिका–२ बागविरेका टंक काफ्लेको बाख्राको खोरमा पसेको बेला स्थानीयहरूले उक्त चितुवालाई थुनेर जिल्ला वन कार्यालय इलामलाई जानकारी गराएका थिए। जिल्ला वन कार्यालयका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षणबाट उद्धार टोली बोलाइएको छ।
सो चितुवा गत हप्ता गोदकमा सडकमा स्थानीय मोटरसाइकल यात्रुले देखेका थिए ।
पछिल्लो २ महिनामा दार्जीलिङबासी को बाख्रा चोरेर हैरान बनाएको त्यो ब्ल्याक प्यान्थरले मानिससंग पटक पटक जम्काभेट हुदा समेत मानिसलाई आक्रमण गरेको थिएन ।
दार्जीलिङबासीले सो चितुवाको पटक पटक फोटो भिडियो खिचेका थिए । दार्जीलिङमा भेटिएको ब्ल्याक प्यान्थर नै यो हुनसक्ने अनुमान मात्र गरिएको हो ।