स्थानीय

    Showing 1-10 of 5,039 items.
  • हिबिस्कस बोर्डिङमा उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरु

    धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर्मी बिदाको सदुपयोग गर्दै विद्यार्थीका लागि पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ।  सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए। उनका अनुसार बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थ

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 77 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १४ औषधि पसल शिलबन्द, सञ्चालक अनुगमन टोली देख्नासाथ भागे

    धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालनमा रहेका औषधि पसलमाथिको अनुगमन थप कडा बनाइएको छ। सोमबार गरिएको अनुगमनमा विभिन्न कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १४ वटा औषधि पसल शिलबन्द गरिएको छ। औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काका अनुसार पछिल्ला चार–पाँच दिनदेखि निरन्तर भइरहेको अनुगमनका क्रममा शिलबन्द गरिएका पसलका धनी तथा सञ्चालकलाई सात दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको छ। उनका अनुसार केही औषधि पसलका सञ्चालक भने अनुगमन टोली पुगेको थाहा पाउनासाथ पसल बन्द गरेर भागेका थिए। जेभीआर मेडिकलका सञ्चालकले समेत टोलीसँग आवश्यक समन्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 83 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन नवोदयले विद्यार्थीलाई पुर्‍यायो ‘साइन्स सिटी

    धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको प्रख्यात ‘साइन्स सिटी’मा  निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूले विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष रूपमा बुझ्न, अनुभव गर्न र आधुनिक वैज्ञानिक प्रविधिसँग परिचित गराउने उद्देश्यले कलेजले उक्त भ्रमणको आयोजना गरेको जनाएको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, प्रयोग, प्रविधि तथा विज्ञानका व्यावहारिक पक्षलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए। कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान शिक्षा अन

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक विवाद : मुख्य एजेण्डामा प्रवेशनै नगरी बैठक स्थगित

    धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र नगर सभा गरिसक्नु पर्ने र असार मसान्त सम्म प्रमाणित गरिसक्नु पर्ने हुन्छ । तर धरानमा अझै पनि निति तथा कार्यक्रम र बजेट आउन सकेको छैन् ।  करिब डेढ महिना पछि धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । एजेण्डामा प्रवेश गर्नु अघि केही एजेण्डाहरु थप गर्नु पर्ने र हटाउनु पर्ने विषय वडाअध्यक्ष सहित कार्यापालिका सदस्यले उठाए पछि विविध विषयमा उठाउनु पर्ने एजेण्डाहरु पनि छलफलमा आए पछि विवाद बढुदै गएका कारण अन्ततः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम वेघाले बैठक स्थगित गरेको घोषण

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 105 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुकमा प्राविधिक समस्या

    काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगि

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 46 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ, पानमारा स्टेण्डबाट २.५५ ग्राम बरामद

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्ड क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। शनिबार (साउन २ गते) साँझ ७ः२० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–५ खैरेनी निवासी २२ वर्षीय रोहन शाक्यलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट २.५५ ग्राम ब्राउन सुगर  बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाक्यलाई बरामद लागूऔषधसहित इलाका प्रहरी

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी पुरा

    धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी पुरा गरिएको छ । साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने गर्छन् । भक्तजनको चापलाई व्यवस्थित र सुरक्षित बनाउन धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी,शसस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारीलाई तीव्र बनाइएको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट

    • प्रकाशित मितिः साउन २, २०८३
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा हिज्जे प्रतिभाको प्रतिस्पर्धा, अन्नपूर्ण सदन बन्यो च्याम्पियन

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार उत्साहपूर्ण वातावरणबीच अन्तरसदन स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ। विद्यार्थीहरूको शब्दभण्डार, सही हिज्जे लेख्ने क्षमता र बौद्धिक दक्षता निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अन्नपूर्ण सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको हो। स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार कञ्चनजङ्घा सदन द्वितीय, मनास्लु सदन तृतीय तथा सगरमाथा सदनले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे र शिक्षिका सपना शाहले मे

    • प्रकाशित मितिः साउन १, २०८३
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ब्राउन सुगरसहित दुई पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐतबारेबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति करिब ९ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अशोक राईको शरीर खानतलासीका क्रममा १ दशमलव ६७ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। घटनास्थलबाट को १७ प ८३२९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा र

    • प्रकाशित मितिः साउन १, २०८३
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानले सम्झियो आफ्ना जनप्रिय मेयर तारा सुब्बालाई

    धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमुख स्वर्गीय तारा सुब्बाको ९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, माल्यार्पण तथा स्मरण कार्यक्रम  सम्पन्न भएको छ। तारा सुब्बा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। प्रतिष्ठानका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गानपछि स्वर्गीय तारा सुब्बा तथा देशका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव योगे

    • प्रकाशित मितिः साउन १, २०८३
    • 450 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved