विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आर्युबैदिक औषधी उत्पादन गरेका हुन । भारतको पतन्जली आर्युबेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका गुणस्तरिय औषधी उत्पादन गरेका हुन । आफन
विराटनगर/ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेट अनुसार प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु वर्षका बाँकी भुक्तानीमा ८ करोड र बहुवर्षीय आयोजनाको भुक्तानीका लागि ७० करोड छुट्याइएको छ । सडक पूर्वाधार र बस्ती विकास तथा नगरस्तरीय योजना लगायत पूर्वाधार विकासतर्फ मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडास्तरीय योज
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वायत्त विश्व विद्यालय बनाउन माग गरिएको छ । नेकपा एमाले धरान उमहानगरकमिटीले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले देशैभरका प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरहेका बेला उक्त ऐनबाट धरानको वीपी प्रतिष्ठानलाई उक्त ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउनको लागि माग गरेको हो । पार्टी अध्यक्ष हर्कराज एभेङद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो।आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित
धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको असरबाट धरान १३ स्थित अमर वस्ती सेतोपुल आसपासका वासिन्दाहरुको जनजीवन कष्टकर बनेपछि सवन्धित निकायले वस्ती जोगाउन पटक पटक माग गरे पनि सुनुवाई नभएपछि एक महिना अघिदेखि त्यहाँका बाढी प्रभावित वासिन्दा जन सहभागितामा वस्ती जोगाउन लागि परेका छन् । बाढीले घर परिवार विस्थापित हुने अवस्था रहेपछि त्यहाँका स्थानीयवासिन्दाहरुले नियमित रुपमा विहान ७ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि साँझ ५ वजे सम्म जनसहभागिता मार्फत काम गरिरहेको अमरमार्ग सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुवास राईले बताए । उनका अनुसार गत बर्ष असोज १३ गते आएको बाढीले ८५ घरपरिवार
धरान/ महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ । वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो । वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् । तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ । दलित महिला
धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरपालिकाको १६औं नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्। उनका अनुसार संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटिएको बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेटको मुख्य स्रोत र अनुमान नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ। संघ
इटहरी/ देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु रकम सुनसरीको इटहरी उपमहानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उल्लेख छ । हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रुपैयाँ बेरुजु थपिएको छ । तर, सो अवधिमा बेरुजु फर्छ्यौट भने शून्य देखिएको छ । त्यसैगरी, उपमहानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवलमा जम्मा ३ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । इटहरीपछि बढी बेरुजु रहने उपमहानगरपालिकामा जन
धनकुटा/ धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा एकैपटक चार सवारीसाधन एकापसमा ठोक्किँदा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सर्दै गर्दा सोही दिशाबाट आइरहेको प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडी पनि ठक्कर खाँदै अर्को ट्रक (प्रदेश १–०२–००१ क ४८९२ नम्बर)मा ठोक्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानका
बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग
सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रमा छाडिएको कारबाट प्रहरीले अत्याधुनिक राइफल बरामद गरेको छ । प्रहरीलाई देखेपछि कारभित्र रहेका व्यक्ति जङ्गलतर्फ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट जङ्गल हुँदै गइरहेको बा ६ च ८४०३ नम्बरको कालो रङको कारलाई सोमबार राति करिब १ बजे शंका लागेर प्रहरी टोलीले रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि कारभित्र सवार ४–५ जना व्यक्ति भागेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले घ