धरान भित्रिँदै गरेको बसमा प्रहरीको कुकुरले भेटायो लागूऔषध, १९० नाइट्राजेपामसहित दुई युवा पक्राउ

  • भदौ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प्रहरीले तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्दा १९० पिस नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको छ।

प्रहरीले लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा बिहीबार साँझ संयुक्त प्रहरी टोलीले बस चेकजाँच गरेको थियो।

प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी प्रदेश प्रहरी कार्यालय धरानको केनाइन शाखाबाट खटिएको टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गरेको हो।

चेकजाँचका क्रममा हरिनगरा गाउँपालिका–२ का १८ वर्षीय एइसन मन्सुरी र दुहबी नगरपालिका–२ का २० वर्षीय मोहमद दिलकशको साथबाट नाइट्राजेपाम ट्याब्लेट १९० पिस फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच,  सुनसरीको देवानगञ्ज गाउँपालिकामा पनि प्रहरीले ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

देवानगञ्ज–३ पाँचौ सिमरमा भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७८९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा देवानगञ्ज–१ का सन्दिप कुमार मेहताको साथबाट ०.२१ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

मेहतालाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खाजा खर्च कटाउँदै बा ...

धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान&ndash ...

धरानमा घरमै लुकाएर र ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

बेपत्ता श्रमिकको शी ...

काठमाडौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बा ...

नाट्यकर्मी महासंघद्व ...

काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved