नाट्यकर्मी महासंघद्वारा प्रज्ञा प्रतिष्ठानमा ज्ञापनपत्र

  • भदौ १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत हित तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउन माग गर्दै प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्न, प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद तथा समन्वयको संयन्त्र निर्माण गर्न र रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणमा सम्बन्धित पेशागत संघ–संस्थासँग आवश्यक परामर्श गर्न माग गरिएको छ।

त्यसैगरी प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, महोत्सव तथा प्रस्तुतिलगायतका कार्यक्रमहरूमा संयुक्त सहकार्य गर्ने, काठमाडौं बाहिरका रंगमञ्चीय गतिविधि तथा मोफसलका कलाकार र संस्थालाई समान प्राथमिकताका साथ प्रोत्साहन गर्ने तथा कलाकार र रंगमञ्चकर्मीको पेशागत मर्यादा, श्रमको सम्मान, क्षमता विकास र हितका विषयमा सहकार्य गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ।

महासंघले प्रतिष्ठान र महासंघबीच भविष्यमा उत्पन्न हुन सक्ने असहमति वा संस्थागत मतभेदलाई सार्वजनिक विवादको विषय नबनाई संवाद, छलफल र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ। महासंघले आफू प्रतिष्ठानको प्रतिस्पर्धी वा विकल्प नभई नेपाली रंगमञ्चमा सक्रिय पेशागत समुदायको साझा संस्थाका रूपमा रहेको स्पष्ट पारेको छ।

ज्ञापनपत्र बुझ्दै कुलपति ब्रजेश खनालले महासंघले उठाएका मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिँदै मागहरू पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले प्रतिष्ठान र रंगमञ्च क्षेत्रमा सक्रिय पेशागत संघ–संस्थाबीच संवाद र सहकार्यलाई प्राथमिकता दिने संकेतसमेत गरेका थिए।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख विजय विस्फोट र नाटक विभाग प्रमुख सरस्वती चौधरीको सहभागिता थियो।

महासंघका तर्फबाट अध्यक्ष राजेन्द्र रिमालसँगै उपाध्यक्ष सिर्जना अधिकारी, उपाध्यक्ष राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी र सहकोषाध्यक्ष प्रभन भुषाललगायत सहभागी थिए।

महासंघले नयाँ नेतृत्वसँग व्यक्तिगत सम्बन्धभन्दा संस्थागत सम्बन्ध, आग्रहभन्दा नीति, दूरीभन्दा संवाद, अपेक्षाभन्दा सम्मान र प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिँदै नेपाली रंगमञ्चको समृद्धिका लागि प्रतिष्ठानसँग सुदृढ संस्थागत सम्बन्ध निर्माण गर्ने अपेक्षा व्यक्त गरेको छ।

धरान भित्रिँदै गरेको ...

धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प ...

खाजा खर्च कटाउँदै बा ...

धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान&ndash ...

धरानमा घरमै लुकाएर र ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

बेपत्ता श्रमिकको शी ...

काठमाडौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved