खाजा खर्च कटाउँदै बाढीपीडितका लागि होली गार्डेनका विद्यार्थीले जुटाए २ लाख बढी

  • भदौ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान–१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग जुटाएका छन्।

भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विद्यार्थीहरूले विद्यालयबाटै स्वेच्छिक सहयोग संकलन अभियान सुरु गरेका थिए। सानै उमेरमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउने अभियानमा सक्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रकम जम्मा गरेका हुन्।

होली गार्डेन बाल बगैंचा क्लब र होली गार्डेन स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले विद्यालयमा ‘डोनेसन बक्स’ राखेर सहयोग संकलन थालेका थिए। कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम छुट्याएर बाढीपीडितका लागि सहयोग गरेका थिए।

विद्यालयभित्र मात्र सीमित नरही विद्यार्थीहरू डोनेसन बक्स लिएर छिमेकी तथा बजारका विभिन्न पसलमा समेत पुगेका थिए। उनीहरूले स्वेच्छिक रूपमा सहयोगका लागि आग्रह गर्दै रकम संकलन गरेका थिए।

विद्यार्थीहरूको अभियानमा विद्यालयका शिक्षकहरूले पनि साथ दिएका थिए। शिक्षकहरूले एक दिनको तलब बराबरको रकम सहयोग गरेपछि विद्यार्थी, शिक्षक तथा विभिन्न व्यक्ति र संस्थाबाट संकलित रकम २ लाख १ हजार ४८५ रुपैयाँ पुगेको हो।

संकलित रकम बिहीबार विद्यालयमा आयोजित श्रीकृष्ण जन्माष्टमी कार्यक्रमका अवसरमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने गरी एन प्याब्सन धरान उपमहानगर समितिका अध्यक्ष भगत लिम्बूलाई चेक हस्तान्तरण गरिएको हो।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा होली गार्डेन एकेडेमीका प्रिन्सिपल राजेन्द्रकुमार गुरुङका अनुसार होली गार्डेनबाट संकलित रकम एन प्याब्सन धरानमा आबद्ध विभिन्न निजी विद्यालय तथा विद्यार्थीहरूले संकलन गरेको अन्य सहयोग रकमसँगै एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइनेछ।

विद्यार्थीहरूको सक्रियतामा मानवीय सहयोगका लागि सञ्चालन गरिएको अभियान प्रशंसनीय रहेको एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बूले बताए। सानै उमेरदेखि विपद्मा परेका नागरिकप्रति सहयोग र जिम्मेवारीको भावना विकास हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।

खाजा खर्च कटाएर सहयोग गर्ने, विद्यालयमा रकम संकलन गर्ने र आफैं बजारसम्म पुगेर सहयोग जुटाउने विद्यार्थीहरूको प्रयासले मानवीय सेवाका लागि उमेरभन्दा भावना र इच्छाशक्ति ठूलो हुन्छ भन्ने सन्देश दिएको छ।

धरानमा घरमै लुकाएर र ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

बेपत्ता श्रमिकको शी ...

काठमाडौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बा ...

नाट्यकर्मी महासंघद्व ...

काठमाडौं/ नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्च ...

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved