मनोरञ्जन

    Showing 41-50 of 526 items.
  • भानु स्मृति माविमा खेलकुद सप्ताह समापनसँगै पुरस्कार तथा सम्मान

    धरान/ धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयमा आयोजित खेलकुद सप्ताहको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार विद्यालय परिसरमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षता तथा धरान–३ का वडा अध्यक्ष बिद्या शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थानका विद्यार्थीहरू तथा खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रबिन सुबेदीले जानकारी दिए। उनका अनुसार विद्यालयम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलकुद महोत्सवमा खेलाडीले प्राप्त गरेका उपलब्धीहरु प्रदर्शन

    धरान/ ‘खेलकुदको सहर’ बनाउने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको धरान खेलकुद महोत्सवमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता बनेका खेलाडीहरूको पदक र प्रमाणपत्र प्रदर्शनी विशेष आकर्षणका रूपमा देखिएको छ । गत बिहीबारदेखि सुरु भएको महोत्सवमा राखिएको यस स्टलले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खेलाडीहरूलाई सम्मान गरिएको अनुभूति दर्शकले गरेका छन् । खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित मंसिर २५ देखि पौष १० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा अन्य स्टलहरूको तुलनामा धरानका खेलाडीले विभिन्न खेल विधामा हासिल गरेका राष्ट्रियतथा अन्तर्राष्ट्रिय पदक र प्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पो–२०२५ आजदेखि विराटनगरमा

    विराटनगर/मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आज (बुधबार)देखि विराटनगरमा सुरु हुँदैछ । ११ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोजकले जनाएको छ । मंगलबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक अमितकुमार शारदाले स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टल रहने जानकारी दिए । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएको छ । प्रदर्शनीमा कृषिजन्य उत्पादन, औद्योगिक सामग्री, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी सामग

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित महिलाको क्षमता उजागर गर्न सुरूङ्गामा ‘मिसेस क्वीन अफ कोशी’

    सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो। प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो। आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। “यो

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन–नृत्यमा लुकेका प्रतिभा उजागर गर्दै सम्पन्न डि.एल.आर.एस. ट्यालेन्ट हन्ट:२०८२

    धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा गायन र नृत्य विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम भइन् भने कक्षा ८ का याङछाहाङ राई दोस्रो र कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भए। मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु दोस्रो तथा कक्षा २ का सेजल राई तेस्रो भए। मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम बने भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी डान्सिङ आइडल–२०८२ : साईमा लिम्बु र सागरिका श्रेष्ठ बने विजेता

    धरान/ प्रतिभा, ऊर्जा र आत्मविश्वासको शानदार प्रस्तुति गर्दै ‘सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले जितेका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीमा शुक्रबार सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राई दोस्रो भए। यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरी तेस्रो स

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सवमा आज साँझ एलिना चौहान र प्रताप दासको धमाकेदार प्रस्तुति

    धरान/  धरान खेलकुद महोत्सव–२०८२ अन्तर्गत आज शुक्रबार साँझ नेपालका चर्चित गायिका एलिना चौहान र लोकप्रिय गायक प्रताप दास धरान रंगशालामा दर्शकलाई रोमाञ्चक सांगीतिक साँझ दिने भएका छन्। उनीहरूले आफ्ना सबैभन्दा भाइरल र लोकप्रिय गीतहरू प्रस्तुति दिनेछन्। एलिना चौहानका “धोकेबाज हौ तिमी” र “एक्लैपनि जिन्दगी” गीतहरू युवामाझ निकै लोकप्रिय छन् भने प्रताप दासका “मोटर साइकलमा” र “फूल होइन” जस्ता गीतहरू पनि दर्शक माझ मन पराइएका छन्। यसैगरी दुवैले सँगै गाएका &ldquo

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक बृहत् खेलकुद महोत्सव : ‘खेलकुदको शहर’ घोषणा गर्दै भव्य उद्घाटन

    धरान/खेलकुदको राजधानी का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ बिहीबार एक भव्य समारोहबीच सुरु भएको छ। फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथि शाक्यलाई २५ हजार नगद सहित सम्मानपत्र प्रदान गर्दै मञ्च अध्यक्ष किशोर राईले अभिनन्दन गरे। मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने यो महोत्सवलाई धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक पहिचान दि

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल डान्सिङ स्टारको अडिसन सुरु

    धरान/ फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा धरान स्कुल डान्सिङ स्टार सिजन–३ को अडिसन चरण सुरु भएको छ। विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले प्रारम्भ गरिएको अडिसन राउन्डमा कोरियोग्राफर संजय तामाङले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।  डान्स एकेडेमीले धरानभरि रहेका केहि स्कुलहरूमा अडिसन सम्पन्न गरिसकेको छ। प्रतियोगिता चार चरणमा सम्पन्न गरिने एकेडेमीका सञ्चालक सागर राईले जनाएको छन् । जसमा अडिसन राउन्ड, कल्चर राउन्ड, मोडर्न राउन्ड र फाइनल हुनेछ । प्रत्येक चरणबाट उत्कृष्ट प्रतियोगीहरू छानिँदै जाने सञ्चालक राईले बताए । विजेताले रु. २० हजार नगद पुरस्कार सहित ट्रफ

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छैटौँ य:मरी उत्सव : मौलिकता, संस्कृति र पहिचानको भव्य उत्सव हुने

    धरान/ नेवार समुदायको मौलिक परिकार यमरी लाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पासा खल: धरान ले यस वर्ष पनि भव्य रूपमा छैटौँ यमरी उत्सव आयोजना गर्ने भएको छ। उत्सव मंसिर २७ देखि २९ गतेसम्म धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा) क्षेत्रमा हुने जानकारी आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएको हो। नेवार समुदायको महत्वपूर्ण पर्व यःमरी पुन्ही लाई जीवन्त रूपमा प्रस्तुत गर्ने यस तीनदिने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत पोशाक प्रदर्शन तथा नेवारी खानाका विभिन

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved