धरानमा छैटौँ य:मरी उत्सव : मौलिकता, संस्कृति र पहिचानको भव्य उत्सव हुने

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेवार समुदायको मौलिक परिकार यमरी लाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पासा खल: धरान ले यस वर्ष पनि भव्य रूपमा छैटौँ यमरी उत्सव आयोजना गर्ने भएको छ।

उत्सव मंसिर २७ देखि २९ गतेसम्म धरान–३ स्थित गल्ली टोल (शंखरधर साख्वा) क्षेत्रमा हुने जानकारी आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएको हो।

नेवार समुदायको महत्वपूर्ण पर्व यःमरी पुन्ही लाई जीवन्त रूपमा प्रस्तुत गर्ने यस तीनदिने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत पोशाक प्रदर्शन तथा नेवारी खानाका विभिन्न स्टल रहनेछन्।
आयोजकका अनुसार उत्सवले स्थानीय संस्कृतिको जगेर्ना, पुराना परम्पराको संरक्षण र समुदायगत पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

धरानमा लगातार छैटौँ वर्ष मनाइँदै आएको यस उत्सवले स्थानीय बासिन्दा, बाहिरी पर्यटक र सांस्कृतिक समूहहरूबीच सांस्कृतिक एकता र मेलमिलाप बढाउने पुलको रूपमा काम गरेको आयोजक समिति बताउँछ।

यस वर्ष करिब दुई सयभन्दा बढी कलाकार धिमे नृत्य, बाँसुरी, मादल, नत्यखी, धा बाजा लगायतका सामूहिक सांस्कृतिक प्रस्तुति दिने तयारीमा छन्।
खल: का महासचिव अमृत श्रेष्ठ आचार्य भन्छन्, “यमरी केवल खाने परिकार मात्र होइन, यो नेवार समुदायको मौलिक पहिचान बोक्ने सांस्कृतिक पर्व हो। संस्कार, संस्कृति र परम्परालाई भविष्यसम्म जोगाइराख्नै यस उत्सवको मूल उद्देश्य हो।”

गत वर्ष जस्तै यसपटक पनि ५ फिट लामो यमरी नगर परिक्रमा गराउने तयारी गरिएको छ। साथै, परम्परागत नेवारी परिकारदेखि बहुजातीय खानाका व्यञ्जनसम्म राखिने २५–३० वटा स्टल उत्सव स्थलमा सञ्चालन हुनेछन्।

यमरीले अन्तर्राष्ट्रिय तहमा पनि परिचय पाएको उल्लेख गर्दै आयोजकले भनेका छन्— सन् २०२० मा नेपाली सेफ सन्तोष शाहले यमरीलाई विश्वस्तरमा प्रस्तुत गर्दा यसको मौलिकता र सांस्कृतिक गहिराइले निर्णायकहरूलाई मोहित पारेको थियो।

उत्सवले स्थानीय सांस्कृतिक पर्यटन, परम्परागत सीप, र सांस्कृतिक व्यवसाय सुदृढ गर्ने लक्ष्य लिएको छ। आयोजकले नगरवासी, सामाजिक संस्था तथा सरकारी–गैरसरकारी निकायहरूलाई सहयोग र सहभागिताका लागि आग्रह पनि गरेको छ।

 
 
 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved